बजेटमा शर्माले करिब १५ अर्ब घटाए

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गर्दै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।

यसअघि केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थास्पन गर्दै अर्थ मन्त्री जनार्धन शर्माले बजेट ल्याएका हुन् ।

अध्यादेश बजेट ०७८ लाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको बताए ।

अर्थमन्त्री शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् । त्यस्तै चालु तर्फको खर्च १० प्रतिशत कटौती गरिएको छ ।

कुल विनियोजनमध्ये चालूतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात् (४१.४२ प्रतिशत), पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड अर्थात् (२३.१६ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात् (११.६० प्रतिशत) र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात् (२३.७२ प्रतिशत) रहेको अर्थमन्त्री शर्माले जानकारी दिए ।

यसअघि गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशबाट १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएका थिए ।

© 2022 All Right Reserved DiasporaNepal