एलिमिनेटरमा लखनउ र बैंगलोर भिड्दै

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको एलिमिनेटरमा आज (बुधबार) लखनउ सुपर जाइन्ट्स र रोयल्स च्यालेन्जर्स बैंगलोर भिड्दै छन् । कोलकातामा हुने एलिमिनेटर खेल साँझ ७ः ४५ बजे सुरु हुनेछ ।
आज दुबै टोली जित निकाल्दै क्वालिफायर पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेताले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । लखनउ डेब्यु सिजन नै प्ले अफ पुगेको हो । लखनउले १८ अंक जोड्दै तेस्रो स्थानमा रहेर प्लेअफ खेल्न लागेको हो । बैंगलोर भन्दा चौंथो स्थानमा रहदै प्लेअफ खेल्न लागेको हो । बैंगलोरले लिग चरणमा १६ अंक जोडेको थियो । दुई टोलीबीचको पहिलो खेलमा बैंगलोर १८ रनले विजयी भएको थियो । 

© 2022 All Right Reserved DiasporaNepal