नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

आज अमेरिकी डलर एकको खरिददर ११ पैसाले बढेर १२३ रूपैयाँ ८४ पैसा र बिक्रीदर १२४ रूपैयाँ ४४ पैसा पुगेको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर ५२ पैसाले बढेर १३२ रूपैयाँ ६५ पैसा र बिक्रीदर १३३ रूपैयाँ २९ पैसा पुगेको छ।

राष्ट्र बैंकले आज अस्ट्रेलियन डलर एकको खरिदमा ४२ पैसा घटाएको छ। आज अस्ट्रेलियन डलर एकको खरिदमा ८७ रूपैयाँ ७० पैसा र बिक्रीमा ८८ रूपैयाँ १२ पैसा पाइन्छ। क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ८८ पैसा र बिक्रीदर ९७ रूपैयाँ ३५ पैसा पुगेको छ।

आज साउदी अरेबियन रियाल एकको खरिददर ३३ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३३ रूपैयाँ १८ पैसा कायम गरिएको छ। कतारी रियाल एकको खरिददर ३३ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३४ रूपैयाँ ०५ पैसा पुगेको छ। 

यता युएई दिराम एकको खरिददर बुधबार ३३ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३३ रूपैयाँ ७२ पैसा कायम गरिएको छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ १७ पैसा र बिक्रीमा २८ रूपैयाँ ३० पैसा पाइन्छ। 

आज राष्ट्र बैंकले तोकेअनुसार कुवेती दिनार एकको खरिददर ४०४ रूपैयाँ ८० पैसा र बिक्रीदर ४०६ रूपैयाँ ७६ पैसा पुगेको छ। बहराइन दिनार एकको खरिदमा भने ३२८ रूपैयाँ ५० पैसा र बिक्रीमा ३३० रूपैयाँ ०९ पैसा कायम गरिएको छ।

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूले निर्धारण गर्ने विदेशी मुद्राको विनिमय दर फरक हुन सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। तर भारतीय मुद्राको विनिमय दर भने नेपाल राष्ट्र बैंकले निर्धारण गरे बमोजिम नै हुन्छ, जुन अन्य बैंक तथा वित्तीय संस्थाहरूले फरक हुने गरी निर्धारण गर्न सक्दैनन्।

© 2022 All Right Reserved DiasporaNepal