‘दक्षिण एशियामा सर्वश्रेष्ठ सञ्चालन बैंक २०२१’ अवार्डबाट सिद्धार्थ बैंक लिमिटेड  सम्मानित

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

सिद्धार्थ बैंक लिमिटेड ‘दक्षिण एशियामा सर्वश्रेष्ठ सञ्चालन बैंक २०२१’ अवार्डबाट सम्मानित भएको छ। विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)द्वारा आयोजित १०औं ग्लोबल ट्रेड अवार्डमा बैंकले उक्त उपाधि प्राप्त गरेको हो। 

आइएफसीको ट्रेड फाइनान्स कार्यक्रम अन्तर्गत ५०० साझेदार बैंकहरूको प्रतिस्पर्धात्मक प्रक्रियाको आधारमा विभिन्न विधाहरूमा ४८ विजेताहरू छनोट गरिएको हो। जसमध्ये सिद्धार्थ बैंकले सो अवार्ड प्राप्त गरेको हो।

आइएफसी अन्तर्गत रहेका नेटवर्क बैंकहरूमध्ये आफ्ना ग्राहकहरूलाई सरल र सहज ढंगले उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै सिद्धार्थ बैंक एउटा सक्रिय साझेदार बैंकको रुपमा प्रस्तुत हुन सफल भएको हो। उक्त अवार्ड शुक्रबार एक विशेष कार्यक्रममा आइएफसीका तर्फबाट बंगलादेश, भुटान र नेपालका लागि कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानद्वारा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेललाई हस्तान्तरण गरिएको हो।

आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरूमा अझ उच्चस्तरीय सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन काउन्टर सहित), ११४ शाखारहित बैंकिङ सेवा र १,५०० भन्दा बढी पिओएस मेसिन मार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

© 2022 All Right Reserved DiasporaNepal