शिक्षा मन्त्री देवेन्द्र पौडेल सहितको टोली बेलायत उत्रियो

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बेलायतमा आयोजना हुन लागेको वल्र्ड एजुकेशन फोरमको सम्मेलनमा भाग लिन टोलीसहित शनिवार लण्डन आइपुगेका छन् । एक सय ७ देशका सय भन्दा बढी शिक्षामन्त्रीहरुको सहभागीता रहने अन्तराष्ट्रिय शिक्षा सम्बन्धी सम्मेलनमा भाग मन्त्री पौडेल टिमसहित आइपुगेका हुन् ।
शिक्षा मन्त्री पौडेल सहितको टोलीलाई शनिवार लण्डनस्थित नेपाली राजदुतावासकी प्रवक्ता रोशन खनालले स्वागत गरेकी थिइन् ।
वर्ल्ड एजुकेशन फोरमको आयोजनामा लण्डनमा ४ दिन सम्म संचालन हुने सम्मेलनमा शिक्षा मन्त्री पौडेलले नेपालको प्रतिनिधिमण्डल नेतृत्व गर्दै सहभागीता जनाउने कार्यक्रम छ ।
सम्मेलनमा शिक्षा मन्त्रालयका सचिव यादव प्रसाद कोइराला, उपसचिव घनश्याम अर्याल समेत सहभागी हुने मन्त्रीका स्वकीय सचिव राजन पौडेलले जानकारी दिए ।

एक साता बेलायतमा रहने मन्त्री पौडेलले बेलायतस्थित नेपाली संघसंस्था तथा नेपाली समुदाय सँग समेत भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

© 2022 All Right Reserved DiasporaNepal