नेपालबाट २६ जना शिक्षकहरूले इजरायलमा भएको शैक्षिक तालिममा सहभागि

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेपालबाट २६ जना शिक्षकहरूले इजरायलमा भएको शैक्षिक तालिममा सहभागिता जनाएका छन्।

गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म आयोजित शैक्षिक आविष्कारहरू (पेडागोजिकल इनोभेसन) सम्बन्धी अन्तर्राष्ट्रिय पाठ्यक्रममा भाग लिन नेपालका २६ शिक्षकहरूको समूह इजरायल गएका हुन्। 

उक्त पाठ्यक्रम माशवको सहयोगमा जेरुसेलमको अकारोन ओफ्री माशव अन्तर्राष्ट्रिय शैक्षिक तालिम केन्द्र (एमइटिसी)ले सञ्चालन गरेको थियो। तालिमको मुख्य उद्देश्य शैक्षिक प्रणालीमा भएको नयाँ प्रवित्तिको विकास र त्यसको कार्यान्वयनसम्बन्धी बुझाउनु थियो। 

व्याख्यान र छलफल बाहेक सहभागीहरूलाई विद्यालय, शैक्षिक केन्द्रहरू (विज्ञान, कला, आदि), शिक्षक प्रशिक्षण संस्थाहरू र इजरायलका शैक्षिक स्रोत केन्द्रहरूमा अध्ययन भ्रमणको लागि लगियो। उक्त गोष्ठीमा इजरायलका पर्यटकीय स्थलहरूको भ्रमण पनि समावेश थियो।

कोभिड-१९ महामारीपछि इजरायलमा माशव तालिममा सहभागी हुने नेपालीहरूको यो पहिलो समूह हो। शिक्षा, कृषि, स्वास्थ्य, उद्यमशीलता लगायतका विभिन्न माशव पाठ्यक्रममा सहभागी हुन हालसम्म ३ हजारभन्दा बढी नेपाली इजरायल पुगेका छन् ।

© 2022 All Right Reserved DiasporaNepal