अमेरिकी डलर र कुवेती दिनारको भाउ हालसम्मकै उच्च

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

आज अमेरिकी डलर एकको खरिददर १२४ रूपैयाँ ०७ पैसा र बिक्रीदर १२४ रूपैयाँ ६७ पैसा पुगेको छ। यो हालसम्मकै उच्च दर हो। अघिल्लो दिन अमेरिकी डलर एकको खरिदमा १२३ रूपैयाँ र बिक्रीमा १२४ पैसा ४४ पैसा तोकिएको थियो। 

यसभन्दा अघि गत मंगलबार (वैशाख २७) गते अमेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ६५ पैसा र बिक्रीदर १२४ रूपैयाँ २५ पैसा पुगेको थियो। केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै डलरको मूल्य पनि बढ्न थालेको हो। 

पछिल्लो पाँच वर्षमा मात्रै अमेरिकी डलरको विनिमय दर करिब २० रूपैयाँले बढेको छ। सन् २०१७ को मे २० मा अमेरिकी डलर एकको खरिददर १०३ रूपैयाँ २६ पैसा र बिक्रीदर १०३ रूपैयाँ ८६ पैसा पुगेको थियो। यो घटेर सन् २०१८ को जनवरी ६ मा खरिददर १०१ रूपैयाँ ०९ पैसा र बिक्रीदर १०१ रूपैयाँ ६९ पैसा पुगेको थियो। 

सन् २०१७ मे २० देखि आजसम्मको डेटा हेर्ने हो भने आजको अमेरिकी विनिमय दर हालसम्मकै उच्च हो।

त्यस्तै, आज युरोपियन युरो एकको खरिददर भने १३० रूपैयाँ ६१ पैसा र बिक्रीदर १३१ रूपैयाँ २४ पैसा पुगेको छ। अघिल्लो दिन युरो एकको खरिददर १३० रूपैयाँ १८ पैसा र बिक्रीदर १३० रूपैयाँ ८१ पैसा पुगेको थियो।

रूपैयाँ ९० पैसा र बिक्रीमा ८७ रूपैयाँ ३३ पैसा तोकेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ७३ पैसा र बिक्रीदर ९७ रूपैयाँ २० पैसा पुगेको छ। 

अमेरिकी डलरसँगै आज कुवेती दिनारको विनिमय दर पनि पछिल्लो पाँच वर्ष यताकै उच्च हो। आज राष्ट्र बैंकले तोकेअनुसार कुवेती दिनार एकको खरिददर ४०४ रूपैयाँ ७९ पैसा र बिक्रीदर ४०६ रूपैयाँ ७५ पैसा पुगेको छ।

यसभन्दा अघि कुवेती दिनारको सबैभन्दा उच्च विनिमय दर सन् २०२२ मार्च ८ मा पुगेको थियो। सो दिन यसको खरिददर ४०४ रूपैयाँ ०७ पैसा र बिक्रीदर ४०६ रूपैयाँ ०४ पैसा पुगेको थियो। 

बहराइन दिनारको विनिमय दर पनि पछिल्लो पाँच वर्ष यता आज हालसम्मकै उच्च रहेको छ। शुक्रबार बहराइन दिनार एकको खरिदमा ३२९ रूपैयाँ ११ पैसा र बिक्रीमा ३३० रुपैयामा ७० पैसा तोकिएको छ। अघिल्लो दिन यसको बिक्रीदर ३२८ रूपैयाँ ५ पैसा र बिक्रीदर ३३० रूपैयाँ ०९ पैसा तोकिएको थियो।

पाँच वर्ष अघि अर्थात् सन् २०१७ मार्च २० मा बहराइन दिनार एकको खरिददर २७३ रूपैयाँ ८६ पैसा र बिक्रीदर २७५ रूपैयाँ ४५ पैसा कायम गरिएको थियो। पछिल्लो केही दिनयता भने दिनारको विनिमय दर पनि लगातार बढिरहेको छ। 

© 2022 All Right Reserved DiasporaNepal