सभामुखको निर्देशनपछि बजेट छलफल

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनपछि अर्थमन्त्री जनार्दन शर्मा बजेट छलफलमा उपस्थित भएका छन् । प्रमुख प्रतिपक्षी दलको चासो सम्बोधन गर्नेक्रममा सभामुख सापकोटाले विनियोजन विधेयकमा उपस्थित हुन अर्थमन्त्रीलाई निर्देशन दिएका थिए ।

यसअघि, एमाले नेता विशाल भट्टराईले विनियोजन विधेयकको छलफलमा अर्थमन्त्री नै उपस्थित नभएको बताउँदै उनको खोजि गरेका थिए । ‘अर्थमन्त्री बिना कसरी विनियोजन विधेयकमा छलफल गर्नु,’ उनले प्रश्न गरेका थिए । प्रतिपक्षी दलले अर्थमन्त्री खोजेपछि सभामुख सापकोटाले छलफलमा उपस्थित हुन निर्देशन दिएका थिए । प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ८ बमोजिम सम्बन्धित मन्त्रालयका मन्त्रीको बैठकमा उपस्थिति हुनपर्ने व्यवस्था छ ।

© 2022 All Right Reserved DiasporaNepal