तीन  बीमा कम्पनीहरूले मर्जरका लागि सैद्धान्तिक सहमति 

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

तीन जीवन बीमा कम्पनीहरूले मर्जरका लागि सैद्धान्तिक सहमति पाएका छन्। मर्जरमा जाने सहमति पाउन संयुक्त रूपमा बीमा समितिमा निवेदन दिएका तीन जीवन बीमा कम्पनीले मर्जरको सैद्धान्तिक सहमति पाएका हुन्।

बीमा समितिले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ को दफा ६ बमोजिम प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स कम्पनीलाई मर्जरका लागि सहमति दिएका हुन्। सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्यांकनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्न समेत निर्देशन दिइएको समितिले जनाएको छ।

समितिले दिएको निर्देशनअनुसार यी तीन कम्पनीले मर्जर सम्झौता गर्ने निर्णय गरेका हुन्। यसअघि समितिको सञ्चालक समितिको बैठकले बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गरी जीवन बिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी साढे २ अर्ब रुपैयाँ पुर्‍याएको थियो।

त्यस्तै, समितिले वैशाख २३ गते हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सलाई एक आपसमा गाभ्ने र गाभिने (मर्जर) को सैद्धान्तिक सहमति प्रदान गरेको थियो। ती दुई कम्पनीले आफूहरूबीच एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा सहमति गरी त्यसका लागि सहमति पाउन संयुक्त रूपमा समितिमा निवेदन दिएका थिए।

© 2022 All Right Reserved DiasporaNepal