नेपाल र भारतका प्रधानमन्त्रीबीच ५ बुँदे समझदारीपत्रमा हस्ताक्षर

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र नरेन्द्र दामोदार दास मोदीको उपस्थितिमा दुई देशबीच पाँच बुदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री मोदीको नेपालस्थित लुम्बिनी भ्रमणका क्रममा सोमबार शैक्षिक, साँस्कृतिक एवम् प्राविधिक विषयमा सहकार्य गर्नेसम्बन्धी बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाल र भारतका प्रतिनिधि मण्डलबीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रको पूर्ण विवरण 

१. लुम्बिनी बुद्धिष्ट विश्वविद्यालय र इन्डियन काउन्सिल फर कल्चरल रिलेसन (आइसिसिआर) बीच सम्झौता ।

२. सेन्टर फर नेपाल एण्ड एसियन स्टडिस (सिएनएस) र त्रिभुवन विश्वविद्यालयसँग इन्डियन काउसन्सिल फर कल्चरल रिलेसन (आइसिसिआर) बीच सम्झौता ।

३. काठमाडौं विश्वविद्यालय र इन्डियन काउन्सिल फर कल्चरल रिलेसन (आइसिसिआर) सँग सम्झौता ।

४. काठमाडौं विश्वविद्यालय र नेपाल एण्ड द इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजी मदरासवीच सम्झौता ।

५. अरुण ४ निर्माण गर्न एसजेभीएन कम्पनीबीच सम्झौता । 

यसैबीच, भारत सरकारले निर्माण गर्ने इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेज नेपालको नेपाल र भारतका प्रधानमन्त्रीद्वय देउवा र मोदीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको छ । 

नेपालको एकदिने भ्रमणको क्रममा सोमबार बिहान लुम्बिनी आइपुग्नुभएका भारतका प्रधानमन्त्री मोदी अहिले लुम्बिनीमा आयोजित विभिन्न समारोहमा सरिक भइरहनुभएको छ । 

© 2022 All Right Reserved DiasporaNepal