बेलायतभर आज तीज विशेष कार्यक्रम गरिदै

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । बेलायतभर हरितालिका तीज मनाइदै छ । नेपाली समुदायले आ आफ्नै ढंगले हरितालिका तीज मनाउन लागेका हुन् । मिडल्याण्ड, लण्डन, केन्ट, वेल्स र स्कटल्याण्डमा समुदाय तहमा साना साना कार्यक्रम गरेर तीज मनाइरहेका छन ।
यसैवीच, साउथ इस्टस्थित पशुपतिनाथ मन्दिरमा हरितालिका तीज कार्यक्रम गर्न लागेको छ । प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरको आयोजनामा आज विहिबार स्थानीय एशियन कम्युनिटी सेन्टरमा तीज विशेष कार्यक्रम गर्न लागिएको अध्यक्ष दासु पाण्डेले जनाएका हुन् ।
हरेक वर्ष निरन्तर हुँदै आएको कार्यक्रम गत वर्ष कोभिड १९ का कारण हुन सकेको थिएन । आयोजक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दासुराम पाण्डेले दिउँसो २ देखि बेलुका ८ बजेसम्मलाई तीजको कार्यक्रमको तालिका रहेको जनाए । ‘दुतावासको कर्मचारीहरुको उपस्थितिमा पुजा अर्चना, औपचारिक कार्यक्रम र तीज गरि तीन चरणमा कार्यक्रम तय गरिएको छ,’ अध्यक्ष पाण्डेले भने ।

तीजका व्रतालु महिलाहरुको लागि सामूहिक पूजा गरिसकेपछि बेलुकासम्म नाचगानको रमाइलो हुने उनले बताए। कार्यक्रमलाई मनोरन्जनात्मक बनाइने छ ।

आयोजक मन्दिर व्यवस्थापन समितिले व्रतालु महिलाहरुको लागि निशुल्क पानी, फलफूलको प्रबन्ध गरेको छ । कार्यक्रममा १० वर्षभन्दा माथिका सबैलाई ५ पाउन्ड प्रवेश शुल्क लिइनेछ । एउटै कार्यक्रममा तीजको पूजा र रमाइलो नाचगान पनि हुने भएकाले व्रतालु महिलाहरुको लागि सहज हुने अपेक्षा मन्दिर समितिको छ ।
कार्यक्रममा सहभागिताको लागि सम्पुर्ण दिदीबहिनीहरुलाई आग्रह गरिएको पाण्डेले बताए।

© 2022 All Right Reserved DiasporaNepal