नेपाली नागरिकता विभागका संयोजक कार्कीद्वारा नागरिकता निरन्तरताका लागि पहल

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके उपाध्यक्ष तथा ‘नेपाली नागरिकता निरन्तरता विभाग’का संयोजक मोहन कार्कीले नेपालका गृहमन्त्री बालकृष्ण खांणसँग भेट गरेका छन् । उनले गृहमन्त्री खांणलाई भेट गरि एक पटकको नेपाली सधैको नेपाली भन्ने अभियानमा साथ दिदै नेपाली नागरिकता निरन्तरताका लागि पहल गर्न विहिबार गृहमन्त्री खांणलाई आग्रह गरेका हुन् ।

उनले एनआरएनहरुलाई नेपाली नागरिकताको निरन्तरताका लागि ऐनमा संशोधन गर्न तथा नेपाललाई युकेको ‘रेड लिस्ट’ बाट हटाउन पहल गर्न आग्रह गरेको बताए । उनले यी दुई मागहरु सम्बोधन गर्न ध्यानाकर्षण गराउँदै गृहमन्त्रीलाई ज्ञापनपत्र समेत दिएका छन् । सिंहदरबारस्थित मन्त्री कार्कीको कार्यकक्षमै भेटघाट गरी उनले यी दुई विषयलाई चाँडै समाधान गरिदिन आग्रह गरेका हुन् ।

भेटको क्रममा गृहमन्त्री खांणले संविधानमै भएको नागरिकता निरन्तरताको व्यवस्थालाई आवश्यक ऐनहरु संशोधन गर्दै सक्दो चांडो कार्यान्वयनको चरणमा लैजाने प्रतिवद्धता व्यक्त गरेको उपाध्यक्ष कार्कीले बताए । आफ्नी आमाको १३ औं दिने काजकिरीया सम्पन्न गरी उनी एनआरएन नेपालीहरुको तथा कोभिडको कारण रेडलिस्टमा नेपाल पर्दा भएको समस्या सुल्झाउनको निम्ती पहल गर्न अघि सरेका हुन् ।

बेलायतले नेपाललाई रातो जोनमा राखेसँगै नेपाल र नेपालीहरुलाई धेरै घाटा भएको भन्दै रेड लिस्टबाट हटाउनको निम्ती पहल गरेको र सरकारबाट सकारात्मक प्रतिक्रिया पाएको उनले बताए । साथै उपाध्यक्ष कार्कीले आफ्नो यो प्रयासमा साथ दिने एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर सहित अन्य सहकर्मीहरुलाई आभार समेत प्रकट गरेका छन् ।

© 2022 All Right Reserved DiasporaNepal