नबिल बैंक र पेमेन्ट नेपालबीच साझेदारी

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

नबिल बैंकले नेपालमा मोबाइलमा आधारित रियल–टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेस (युपिआई)को स्वीकृति प्रदान गर्न भुक्तानी प्रणाली अपरेटर पेमेन्ट नेपालसँग साझेदारी गरेको छ।

युपिआई अन्तर बैंक र सीमापारी लेनदेनको सुविधाका लागि भारतको राष्ट्रिय भुक्तानी निगमद्वारा विकसित एक रियल-टाइम भुक्तानी प्रणाली हो।

यस साझेदारीले स्वास्थ्य, शिक्षा र व्यापार सेवा भुक्तानीको लागि सीमापार यात्रा गर्नेहरूलाई दुवै देशका व्यापारी पसलहरूमा युपिआई आधारित मोबाइल प्रयोग गरी खरिदहरूको भुक्तानी गर्न सक्षम बनाउनेछ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र गेटवे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले साझेदारी सम्झौतामा हस्ताक्षर गरेका हुन्। यो साझेदारीसँगै नबिल बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले भारतका व्यापारी पसलहरूमा सुरक्षित र निर्बाध भुक्तानीहरू गर्न सक्नेछन्। 

त्यसैगरी, नबिल युपिआई क्युआरसँग सम्बद्ध र सक्षम भएका व्यापारीहरूले फोनपे, गुगल पे र पेटीएम लगायत युपिआई आधारित मोबाइल एपहरू प्रयोग गरेर भारतीय पर्यटकहरूबाट भुक्तानीहरू लिन सक्नेछन्।

सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको हाल देशभर रहेको आफ्नो १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरूबाट बैंकिङ सेवा पुर्‍याइरहेको छ। 

© 2022 All Right Reserved DiasporaNepal