आईपीएल २०२२ मा लखनउको सबैभन्दा ठूलो जीत

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

आईपीएलमा कोलकाता नाइट राइडर्सलाई ७५ रनले पराजित गर्दै लखनउ सुपर जाइन्ट्स अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । यो आईपीएल २०२२ मा रनको अन्तरले सबैभन्दा ठूलो जीत हो।

पहिले ब्याटिङ गर्दै लखनउ सुपर जाइन्ट्सले कोलकाता नाइट राइडर्सलाई जितका लागि १७८ रनको लक्ष्य दिएको थियो । जवाफमा कोलकाताको सम्पूर्ण टिम १०१ रन बनाएर आउट भयो । १७८ रनको लक्ष्य पछ्याएको कोलकाताको टोलीले २५ रन बनाउँदासम्म कप्तान श्रेयस अय्यर (६ रन) सहित सुरुका चार खेलाडी पभिलियन फर्किसकेका थिए ।

ओपनर बाबा इन्दरजित खाता नखोलेर आउट भए, त्यसपछि आरोन फिन्चले १४ रन बनाए । नितिश राणाले पनि दुई रन मात्र बनाउन सके । यसपछि आन्द्रे रसेल पिचमा आए र उनले निकै छिटो रन बनाउन थाले । १९ बलमा ४५ रन बनाएर रसेल आउट भएपछि कोलकाताको पूरा टिम १०१ रनमा आउट भएको थियो । योसँगै कोलकाताले आईपीएल २०२२ मा सातौं पटक हार बेहोरेको छ । लखनउको यो आठौं जित हो। योसँगै लखनउ अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

© 2022 All Right Reserved DiasporaNepal