घट्यो डलर र दिनारको भाउ

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्बिर :खबर वाइड

नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। 

बिहीबार अमेरिकी डलर एकको खरिददर १६ पैसाले घटेर १२१ रूपैयाँ ९७ पैसा र बिक्रीदर १२२ रूपैयाँ ५७ पैसा पुगेको छ। अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १२२ रूपैयाँ १३ पैसा र बिक्रीदर १२२ रूपैयाँ ७३ पैसा पुगेको थियो। युरोपियन युरो एकको खरिददर पनि २ पैसाले घटेर १२८ रूपैयाँ ३७ पैसा र बिक्रीदर १२९ रूपैयाँ पुगेको छ। 

त्यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ९८ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४० पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर ३६ पैसाले बढेर ९५ रूपैयाँ २५ पैसा र बिक्रीदर ९५ रूपैयाँ ७२ पैसा पुगेको छ। 

आज साउदी अरेबियन रियाल एकको खरिददर ३२ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रूपैयाँ ६८ पैसा कायम गरिएको छ। कतारी रियाल एकको खरिदमा भने नेपाली ३३ रूपैयाँ ४० पैसा र बिक्रीमा ३३ रूपैयाँ ५७ पैसा पाइन्छ। 

युएई दिराम एकको खरिददर आज ३३ रूपैयाँ २१ पैसा र बिक्रीदर ३३ रूपैयाँ ३७ पैसा कामय छ। मलेसियन रिंगिट एकको खरिददर भने २८ रूपैयाँ ०२ पैसा र बिक्रीदर २८ रूपैयाँ १५ पैसा पुगेको छ।

आज कुवेती दिनार एकको खरिददर ४९ पैसाले घटेर ३९७ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३९९ रूपैयाँ ६९ पैसा पुगेको छ। अघिल्लो दिन कुवेती दिनार एकको खरिददर ३९८ रूपैयाँ २३ पैसा र बिक्रीदर ३९९ रूपैयाँ ६९ पैसा थियो। बहराइन दिनार एकको खरिददर भने ३२३ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३२५ रूपैयाँ १२ पैसा कामय छ।

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूले निर्धारण गर्ने विदेशी मुद्राको विनिमय दर फरक हुन सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। तर भारतीय मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले निर्धारण गरे बमोजिम नै हुन्छ, जुन अन्य बैंक तथा वित्तीय संस्थाहरूले फरक हुने गरी निर्धारण गर्न सक्दैनन्।

© 2022 All Right Reserved DiasporaNepal