आईपीएलमा पन्जाबले गुजरातलाई हरायो

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


फोटो ; The Cricketer

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२  टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको  शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स पन्जाब किङ्ससँग ८ विकेटले पराजित भएको छ। मंगलबार राति गुजरातले दिएको १४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

पन्जाबका शिखर धवनले सर्वाधिक ६२ रन बनाए । यस्तै, भानुका राजपाक्षेले ४० रनको योगदान दिए । यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनायो ।

जितपछि पन्जाब १० खेलमा १० अंक जोडेर छैटौं स्थानमा  छ । दोस्रो हार बेहोरेको गुजरात १० खेलबाट  १६ अंक जोडेर शीर्ष स्थानमा  छ ।


© 2022 All Right Reserved DiasporaNepal