बढ्यो डलर, रियाल  भाउ

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्बिर :खबर वाइड

नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ। 

मंगलबार अमेरिकी डलर १२२ रुपैयाँ १३ पैसा र बिक्रीदर १२२ रुपैयाँ ७३ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १२८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२९ रुपैयाँ ११ पैसा पुगेको छ। अघिल्लो दिनको तुलनामा आज अमेरिकी डलर एकको खरिददर १४ पैसाले बढेको हो भने युरोपियन युरो एकको खरिददर १२ पैसाले घटेको छ।

त्यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिददर २२ पैसाले बढेर ८६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८२ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने ५ पैसाले बढेर ९४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३९ पैसा पुगेको छ। 

आज साउदी अरेबियन रियाल एकको खरिददर ४ पैसाले बढेको छ। मंगलबार साउदी अरेबियन रियाल एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा पुगेको छ। कतारी रियाल एकको खरिदमा भने नेपाली ३३ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३३ रुपैयाँ ६३ पैसा पाइन्छ। 

युएई दिराम एकको खरिददर पनि ४ पैसाले बढेर आज ३३ रुपैयाँ २५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४१ पैसा पुगेको छ। मलेसियन रिंगिट एकको खरिददर भने ३ पैसाले बढेर २८ रुपैयाँ ०५ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा पुगेको छ।

आज कुवेती दिनार एकको खरिद र बिक्रीदर ५६ पैसाले  बढेको छ। अघिल्लो दिन कुवेती दिनार एकको खरिदमा ३९७ रुपैयाँ ७५ पैसा पाइन्थ्यो भने आज ३९८ रुपैयाँ ३१ पैसा पाइन्छ। त्यस्तै यसको बिक्रीदर आज ४०० रुपैयाँ २७ पैसा पुगेको छ। 

बहराइन दिनार एकको खरिददर भने ३५ पैसाले बढेर ३२३ रुपैयाँ ९४ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर आज ३२५ रुपैयाँ ५३ पैसा पुगेको छ।

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूले निर्धारण गर्ने विदेशी मुद्राको विनिमय दर फरक हुन सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। तर भारतीय मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले निर्धारण गरे बमोजिम नै हुन्छ, जुन अन्य बैंक तथा वित्तीय संस्थाहरूले फरक हुने गरी निर्धारण गर्न सक्दैनन्।

© 2022 All Right Reserved DiasporaNepal