घट्यो सुन-चाँदीको भाउ

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्बिर :सेतोपाटी

सोमबार सुन-चाँदी मूल्य घटेको छ।

आज सुन प्रतितोला ९८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। 

अघिल्लो दिन सुन प्रतितोला ९९ हजार रुपैयाँ र चाँदी प्रतितोला १३ सय रुपैयामा कारोबार भएको थियो। यस हिसाबमा आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँ र चाँदी दश रुपैयाँ घटेको हो। 

गत साताको तुलनामा यो साता सुन-चाँदीको मूल्य घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको सोमबार सुन प्रतितोला एक लाख दुई सय रुपैयाँ र चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो। 

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १८ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

© 2022 All Right Reserved DiasporaNepal