पन्जाब २० रनले पराजित, लखनउको छैटौँ जित

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

पन्जाब किङ्सलाई २० रनले हराउँदै लखनउ सुपर जाइन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेटमा छैटौं  जित निकालेको छ । पुनेमा शुक्रबार लखनउले दिएको १५४ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।

पन्जाबका  जोनी बेयर्सटोले सर्वाधिक ३२ रन जोड्दा कप्तान मायांक अग्रवालले २५ रन बनाए । लखनउका मोसिन खानले ३  विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनायो । लखनउका क्विन्टन डी ककले  सर्वाधिक ४६ रन जोड्दा दीपक हुडाले ३४ रन बनाए । पन्जाबका कागिसो राबडाले ४  विकेट लिए । लखनउले ८ खेलबाट १२ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । पन्जाबले ९ खेलबाट ८ अंक जोड्दै सातौं स्थानमा छ ।

© 2022 All Right Reserved DiasporaNepal