बेलायतमा बढेको घरको मुल्यबृद्धि कहिले रोकिएला ?

२ वर्षs अगाडि

तिलक भट्टराई


बेलायतमा यतिबेला घरको भाउ आकासिएको छ । पहिलो पटक घर खरीदको तयारीमा रहेका धेरैका लागि कठिनको समय देखिएको छ । प्रोपर्टी मार्केट नियालिरहेका प्राय:लाई यो स्वभाविक लागे पनि धेरै जनतालाई आश्चर्य लागेको छ ।
एउटा आफ्नो छुट्टै सन्सार होस् भन्ने हामी सबैको चाहना हुन्छ। उक्त संसार सुरुवात भनेको एउटा सानो घरबाटै हुने गर्छ । नेपाल र बेलायतको घर खरीद प्रक्रियालाई हेर्ने हो भने धेरै फरक पाइन्छ । नेपालको तुलनामा बेलायतमा घर किन्न धेरै सजिलो छ । एउटा राम्रो तलब भएको जागिर, अनि केही रकम डिपोजिट गर्न सक्ने भएपछि घर खरीद गर्न सकिन्छ । त्यसको लागि क्रेडिट स्कोर राम्रो हुनु पर्ने पहिलो सर्त भने राखिएको छ ।

बेलायतका दैनिक घरको मुल्य आकासिनुका कारण के-के हुन सक्छन ?
ब्रेक्जिट
बेलायतका घरको मुल्य आकासिनुका मुख्य कारणहरु मैले केलाउने कोशिस गरेको छु । घरको मुल्य बढनुको धेरै कारणहरु मध्ये मुख्य कारणहरु मध्ये ब्रेक्जिट (बेलायतबाट युरोपियन मुलुकहरु छुट्टिनु) एउटा प्रमुख कारण हो । ब्रेक्जिट पछि घरको ठुलो माग ह्वात्तै बढेर गएको छ । घरको मुल्य मध्ये करीव पाँचदेखि १० प्रतिशत रकम जम्मा गरेपछि बैंकले अरु रकम लगानी गरिदिन्छन् । त्यसको लागि राम्रो रोजगार भने हुनु पर्नेछ । रोजगार भएपछि बैंकले घर खरिद ऋण सजिलै उपलब्ध गराउनेछ । समग्र मुल्यको पाँच देखि १० प्रतिशत रकम जम्मा गर्दा आफ्नै घर हुने भएकाले घर खरीद गर्ने आकांक्षी धेरै हुने भए, जसअनुसार बजार माग बढ्ने भयो अनि माग बढेपछि मूल्य बढनु स्वभाविक भयो।
स्टेट एजेण्डको मनोमानी
अर्को मुख्य कारण घर खरीद वा विक्री गर्ने स्टेट एजेण्डको कब्जामा प्रोपर्टी व्यवसाय रहेको छ । स्टेट एजेण्डले आफ्नो अनुकुल प्रोपर्टी मार्केटलाई चलाउने गरेका छन । बजारमा विक्रीका लागि राखिने घरको मुल्य निर्धारण गर्नमा यस्ता एजेण्डहरूको धेरै ठूलो भूमिका रहेको हुन्छ । जसले क्रेता र विक्रेताका बीचमा एउटा मूल्य निर्धारण गराई खरिद बिक्री गराउने काम गर्दछन्।
विगतमा बजारको अनुसन्धानपछि ठाउँ वा क्षेत्रअनुसार घरको मुल्य निर्धारण गरिन्थ्यो भने अहिले प्राय: घर धनिलाई कतिमा बेच्न चाहन्, त्यो थाहा पाएर आफ्नो अनुकुल मूल्यनिर्धारण गर्ने गरेको पाइन्छ।

यो प्रत्यक्ष वा अप्रत्यक्ष फाइदा घर घनिलाई पनि छ । आफ्नो घर तोकिएको मुल्य भन्दा बढीमा बिक्री भए भइहाल्यो, नत्र आफ्नो घरको मार्केट मुल्य थाहा हुनेभयो। यि एजेण्डहरुले प्रोपर्टी बजारलाई अदृश्य ढंगले एकाधिकारको रुपमा पनि प्रयोग गर्दै आएका छन् । जस्को उदाहरणका रुपमा कृतिम उच्च माग सिर्जना गराउने र घर हेर्न लागि ‘फुल्ली बुक’ भनेर सीमित मानिसहरुलाई मात्र देखाई गाह्रो बनाइ दिने । घर हेर्न समेत पालो कुर्नु पर्ने अवस्थाले घर हेर्ने मान्छेको चाप धेरै देखाइदिने जसले गर्दा खरीदकर्तालाई खरीद गर्ने कि नगर्ने ? कतिमा किन्ने ? भन्ने कुरा हतारमा निर्णय गर्न बाध्य गराउँछ र आफुले हेरेको घर अरुले नै लैजाने डरले बजार मूल्य भन्दा धेरै अफर गर्नु पर्ने बाध्यता रहन्छ । फलस्वरूप घरको मुल्य वास्तविक मूल्य भन्दा बढी हुने भयो । घरजग्गामा लगानी गर्ने लगानीकर्ताले जस्तै सबै बुझेर बजार मूल्यको वरिपरि अफर गर्ने हो भने मुल्य स्थिर रहन केही मद्दत हुने थियो । एजेण्डहरुकै कारण मुल्य स्थिर हुन सकेको छैन ।
मुल्य थाहा पाउने तरीका
घर खरीद गर्दा धेरै कुराहरु ध्यान दिनु पर्ने हुन्छ । त्यो मध्ये बजार मुल्य महत्वपुर्ण छ । आफुले खरीद गर्ने घरको बजार मूल्य कति छ भन्ने कुरा थाहा पाउन प्रोपर्टी सम्बन्धि जानकारी दिने वेवसाइटहरु जुप्ला र राइटमुभ वा दुवैको एपमा खरीद गर्न लागेको घरको ठेगाना टाइप गरि अनलाइनमा हेर्न हो भनेपनि धेरै कुरा थाहा पाउन सकिन्छ। त्यस्तै अर्को ध्यान दिनु पर्ने कुरा यो ठाउँको क्राइम रेट हो । जसको कारण त्यो घरमा बसुन्जेल बिभिन्न इन्सुरेन्समा पर्न सक्ने असर आदि इत्यादि।

प्रोपर्टी व्यवसाय र मुल्य बृद्धि कम गर्ने उपाय

आवास बजारको भविष्य के हो ? के कारणहरू छन् जसले भर्खरको अत्याधिक मुल्य वृद्धिलाई कम गर्न सक्छ भनेर सरसर्ती हेर्ने हो भने घरको मूल्यमा चाडै गिरावट आउन सक्ने देखिन्छ । जसका कारणहरु भविष्यमा बढ्न सक्ने मुद्रा स्फीर्ति , कर अनि अहिले पेट्रोल तथा ऊर्जामा भएको मूल्यवृद्धिले दैनिक जीवनमा पारेको ठुलो आर्थिक भार । यसरी बढिरहेको दैनिक लागतले आर्थिक वृद्धिलाई कम गर्न र आवास बजारलाई ठप्प पार्न सक्छ। बढ्दो मुद्रास्फीतिलाई रोक्नको लागि बैंकले ब्याज दर तथा घर खरीद गर्न चाहिने डिपोजिट बढाउन सक्नेछ। जसले गर्दा बैंक ब्याज दर हाइ हुन सक्छ, फलस्वरुप घरको मूल्य क्रमस घट्दै जान सक्छ।
(लेखक भट्टराई प्रोपर्टी व्यवसायमा लामो समयदेखि आवद्ध छन भने जेन्स यूकेका अध्यक्ष हुन्)

© 2022 All Right Reserved DiasporaNepal