युक्रेन रुस युद्ध : युक्रेनलाई सहयोग गर्ने माथि कारवाहीको चेतावनी

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । आफुले सुरु गरेको युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्ने कुनै पनि देशले ुबिजुलीको गतिमाु प्रतिक्रियाको सामना गर्नुपर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन्।

‘पश्चिमा देशहरुले युक्रेनमा गरिरहेको सहयोग प्रति लक्षित गर्दै रष्ट्रपति पुटिनले आक्रमणको धम्की दिएका हुन् । ,हामीसँग सबै खाले उपकरण छन्, त्यसैले कसैले घमण्ड गर्न गर्नुपर्दैन। आवश्यक भएमा हामी तिनीहरूको प्रयोग गर्नेछौँ,’ उनले भने। पुटिनको उक्त भनाइलाई बलिस्टिक क्षेप्यास्त्र र आणविक हतियारहरूसँग जोडेर हेर्न सकिने बताइएको छ।

युक्रेनका सहयोगी देशहरूले हतियारको आपूर्ति बढाएका बेला पुटिनको यस्तो चेतावनी आएको हो। अमेरिकासहित अन्य देशले रुसलाई पराजित गर्ने सुनिश्चित गर्ने वाचा गर्दै युक्रेनलाई सैन्य सहायता दिइरहेका छन्। पश्चिमा अधिकारीहरूले युक्रेनको पूर्वी क्षेत्रमा जारी रुसी विस्तारको प्रयासमा आफूहरूले बाधा पुर्‍याएको बताएका छन्।

गत साता रुसले युक्रेनी राजधानी किएभ वरपरका क्षेत्रहरूबाट पछि हटेर डोनबास क्षेत्र कब्जा गर्न ठूलो आक्रमण सुरु गरेको थियो।

यसैबीच युरोपेली आयोगले रुसले पोल्याण्ड र बल्गेरियामा ग्यास निर्यात बन्द गरेर मोलमोलाइ गरेको आरोप लगाएको छ।

रुसी कम्पनीले पोल्यान्ड र बल्गेरियामा ग्यास आपूर्ति रोक्यो
रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा उसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा गरेको छ । यी खनिज जसका लागि भविष्यमा विभिन्न देशबीच चर्को प्रतिस्पर्धा हुन सक्छ । आयोगकी अध्यक्ष उर्जुला फोन्देर लायनले उक्त घटनाले ‘आपूर्तिकर्ताका रूपमा रुसको,’अविश्वसनीयताूलाई देखाउने बताइन्।

क्रेम्लिनले चाहिँ पश्चिमा राष्ट्रहरूको शत्रुतापूर्ण व्यवहारूका कारण आफू त्यस्तो कदम चाल्न बाध्य भएको दाबी गरेको छ।

रुसी रुबलमा भुक्तानी दिन अस्वीकार गरेपछि रुसी ग्यास कम्पनी ग्याजप्रोमले पोल्यान्ड र बल्गेरियामा ग्यास आपूर्ति बन्द गरेको छ।

रुसी राष्ट्रपति पुटिनले पश्चिमा प्रतिबन्धका कारण अवमूल्यन भएको आफ्नो देशको मुद्रालाई बचाउनका लागि मार्च महिनामा रुसी ऊर्जाको कारोबार रुबलमा गर्नुपर्ने बताएका थिए।

पुटिनले बुधवार रुसको उत्तरी सहर सेन्ट पिटर्सबर्गमा सांसद्‌हरूसँग बोल्दै पछिल्लो चेतावनी दिएका हुन्।

उनले भने, ‘यदि बाहिरबाट कसैले युक्रेनमा हस्तक्षेप गर्न प्रयास गर्छ र रुसमाथि रणनीतिक खतरा उत्पन्न गर्छ भने हामी बिजुलीको गतिमा त्यसको प्रतिक्रिया दिनेछौँ।’ पुटिनका अनुसार ‘हामीसँग सबैखाले उपकरणहरू’ प्रतिक्रिया दिने छन्, कसैले पनि घमण्ड नगरे हुन्छ। र, हामी त्यसबारे घमण्ड गरिरहेका छैनौँ यदि आवश्यक पर्‍यो भने हामी तिनलाई प्रयोग गर्छौँ।’

उनले ती उपकरणहरू कसरी प्रयोग गर्ने भन्ने निर्णय पहिले नै भइसकेको बताए। तर त्यसबारे विस्तृत रूपमा खुलाएनन्।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि हमला सुरु गरेको थियो।

© 2022 All Right Reserved DiasporaNepal