बैंगलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लेको छ । मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा उक्लेको हो ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १४४ रन जोडेको थियो ।​ राजस्थानका रियान परागले ५६ रनको अर्धशतकीय पारी खेले । यस्तै कप्तान सन्जु सामसनले २७ तथा रविचन्द्र आश्विनले १७ रन जोडे । ​बैंगलोरका मोहमद सिराज, जोश हाजलउड र वानिन्दु हसरंगाले २/२ विकेट लिए । जितसँगै राजस्थान ८ खेलमा १२ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।  पराजित बैंगलोर ९ खेलमा १० अंक जोडेर पाँचौँ स्थानमा छ ।

© 2022 All Right Reserved DiasporaNepal