मंगलबारको विनिमय दर सार्वजनिक 

मंगलबारको विनिमय दर सार्वजनिक 

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १२३ रुपैयाँ ०१ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०१ पैसा पुगेको छ।

त्यस्तै, मंगलबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६० पैसा र बिक्रीदर ८८ रुपैयाँ ०३ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४२ पैसा पाइन्छ। 

आज साउदी अरेबियन रियाल एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७९ पैसा पुगेको छ। कतारी रियाल एकको खरिदमा भने आज ३३ रुपैयाँ ५१ पैसा र बिक्रीमा ३३ रुपैयाँ ६८ पैसा सटही गर्न सकिन्छ।

मंगलबार युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४९ पैसा पुगेको छ। मलेसियन रिंगिट एकको खरिददर भने २८ रुपैयाँ १० पैसा र बिक्रीदर २८ रुपैयाँ २४ पैसा कायम छ। 

आज कुवेती दिनार एकको खरिददर ४०० रुपैयाँ ३७ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ३४ पैसामा कारोबार भइरहेको छ। बहराइन दिनार एकको खरिददर ३२४ रुपैयाँ ७१ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर भने ३२६ रुपैयाँ ३० पैसा पुगेको छ।

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूले निर्धारण गर्ने विदेशी मुद्राको विनिमय दर फरक हुन सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। तर भारतीय मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले निर्धारण गरे बमोजिम नै हुन्छ, जुन अन्य बैंक तथा वित्तीय संस्थाहरूले फरक हुने गरी निर्धारण गर्न सक्दैनन्।

© 2022 All Right Reserved DiasporaNepal