मुम्बईको लगातार आठौं हार

मुम्बईको लगातार आठौं हार

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल)  मा लगातार आठौं खेलमा बेहोरेको छ । पाँच पटकको च्याम्पियन मुम्बई आइतबार लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै  प्ले अफको सम्भावना समेत लगभग सकिएको छ । 

यसअघि टस हारेर ब्याटिङ गरेको लखनऊले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेको थियो । लखनऊका कप्तान लोकेश राहुलले सर्वाधिक १०३ रन बनाए । यस्तै मनिष पाण्डेले २२ रन बनाए । मुम्बईका काइरन पोलार्डले  र राइली मेरिडीथले समान २ विकेट लिए । जितसंगै लखनऊ ८ खेलबाट ५  जित  सहित १० अंक बनाएर  चौथो स्थानमा छ ।  मुम्बई ८ खेलमा जितविहीन हुँदै पुछारमा छ ।

© 2022 All Right Reserved DiasporaNepal