गोर्खाली समाज युकेको अध्यक्ष पदमा अशोक ढकालको उम्मेदबारी

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । गोर्खाली समाज युकेको अध्यक्षमा अशोक ढकालले उम्मेदवारी घोषणा गरेका छन् । भोली अप्रिल २३ तारिख शनिवारका दिन साउथ ह्यारोस्थित फुटबल क्लवमा हुने समाजको आठौँ अधिवेशनमा ढकालले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

हाल महासचिव पदमा काम गर्दै आईरहेका उनले आफ्नो अनुभव र योग्यताको हिसाबले आफुले यसपल्ट अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । “विगत १० वर्षदेखि निरन्तर समाजमा काम गरेको र ८ बर्ष आफु समाजको महासचिवको हैसियतमा काम गरेर थुप्रै अनुभव बटुलेको छु’ उनले भने । ,यसर्थ पनि म अध्यक्ष पदको बलियो उम्मेदवार हुँ ।”
आफुले महासचिव रहँदा संस्थालाई चलायमान बनाउन विशेष भुमिका खेलेको उनको दाबी छ । नेतृत्वमै रहेर संस्थाका गतिबिधि अझै सक्रिय रुपमा सञ्चालन गर्ने र गोर्खाली समाजलाई सामाजिक संस्थाको रुपमा स्थापित गर्नु आफ्नो प्राथमिकता रहेको उनले बताए ।

ढकालले विगतमा गरेका कामको मूल्याकंन गर्ने बेला यतिबेला विज्ञ सदस्यहरु सगं रहेको भन्दै उनले सबैलाई सहयोगको अपेक्षा गरेका छन् । गोर्खा श्रीनाथकोट बाट २००९ मा बेलायत आएका ढकाल विगत १० वर्षदेखि नोर्थोल्ट क्षेत्रमा परिवारका साथ बसोबास गर्दै आईरहेका छन् ।
महासचिव रहँदा उनले समाजलाई आफ्नै नेतृत्वमा च्यारिटीमा दर्ता गर्न विशेष भुमिका निर्वाह गरेका थिए ।

त्यस्तै भुकम्प,कोरोना महामारी लगायतका अन्य प्राकृतिक विपत्ति र प्रकोपहरुमा गृह जिल्लामा थुप्रै आर्थिक तथा भौतिक सामाग्रीहरु समेत ढकालकै नेतृत्वमा पठाईएको थियो ।

सन् २००२ सालमा लण्डनमा स्थापित गोर्खाली समाज युके बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको संस्था हो। उक्त संस्थाले बेलायतमा बसेर नेपाल र डायस्पोराका नेपालीहरुका लागि सामाजिक कार्य गरिरहेको छ ।

© 2022 All Right Reserved DiasporaNepal