मूल्यवृद्धि निर्देशिका ल्याउन निर्माण

मूल्यवृद्धि निर्देशिका ल्याउन निर्माण

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । नेपाल निर्माण व्यवसायी महास.घले निर्माण सामग्रीहरूमा अप्रत्यासित रूपमा मूल्य बढेको भन्दै मूल्य वृद्धि निर्देशिका भाग–२ ल्याउन माग गदै प्रर्दशन गरेका छन् । विहिबार महासंघले ताहाचलमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना गर्दै मूल्य वृद्धि निर्देशिका भाग–२ ल्याउन माग गरेको हो ।

महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्रीको अप्रत्यासित रूपमा मूल्य वृद्धि हुँदा निर्माणको काम अगाडि बढाउन नसकिएको बताएका छन् । उनले निर्माणको काम अगाडि बढाउनका लागि सरकारले अविलम्ब मूल्य वृद्धि निर्देशिका भाग–२ ल्याउनुपर्ने बताएका छन् । सरकारले निर्देशिका नल्याएमा कन्ट्रक्शन होलिडे मा जानुपर्ने अवस्था आउने अध्यक्ष सिहले बताए ।महासङ्घले सार्वजनिक खरिद अनुगमन कार्यालयमा शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको हो । विगतमा सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाइ नभएकाले विरोधको कार्यक्रमलाई निरन्तरता दिइने महासङ्घले जनाएको छ ।

© 2022 All Right Reserved DiasporaNepal