केकीले प्रेमी रोहित सँग आज विवाह गर्दै

केकीले प्रेमी रोहित सँग आज विवाह गर्दै

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । अभिनेत्री केकी अधिकारी र प्रेमी रोहित तिवारीबीच बिहीबार परम्पराअनुसार विवाह हुँदैछ । बुधबार उनीहरुको मेहेन्दी उत्सव भएको थियो ।

काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा बिहीबार दिउँसो विवाह कार्यक्रम हुन लागेको निकट स्रोतले जनाएको छ । परिवार र निकट आफन्तको उपस्थितिमा विवाह हुने जनाइएको छ ।

केकी फिल्म र टेलिभिजन रियालिटी शोहरुमा व्यस्त छिन् भने रोहित हाम्रोबजार डटकमका सीईओ हुन् ।

© 2022 All Right Reserved DiasporaNepal