अनेसासको अद्यावधिक समितिमा प्रा डा लुइँटेल

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आजीवन सदस्यता अद्यावधिक समितिको संयोजकमा प्रा डा खगेन्द्रप्रसाद लुइँटेल चयन भएका छन् ।
अनेसासको मङ्गलबार बसेको बैठकले प्रा डा लुइँटेलको संयोजकत्वमा तीन सदस्यीय आजीवन सदस्यता अद्यावधिक समिति गठन गरेको हो । समितिको सदस्यमा साहित्यकारद्वय राम खत्री र राम लामा ‘अविनाशी’ छन् ।

नेपाली भाषा, साहित्यलाई अन्तर्राष्ट्रियस्तरसम्म फैलाउनका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना गरिएको हो । बत्तीस वर्ष पुरानो संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा हाल विश्वभर ६० भन्दा बढी शाखा छन् भने दुई हजार २०० सदस्य रहेको अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । तथ्याङ्क सङ्कलनका लागि अनेसासले प्रा डा लुइँटेलको संयोजकत्वमा आजीवन सदस्यता अद्यावधिक समिति गठन गरेको हो ।

© 2022 All Right Reserved DiasporaNepal