इङल्याण्ड राज्य परिषद् द्वारा नेपाली राजदूतसंग गोर्खाका मुद्दामा सहजीहरणका लागि आग्रह

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । गैर–आवासीय नेपाली संघ बेलायतको इङल्याण्ड राज्य समन्वय परिषदले लण्डनस्थित नेपाली राजदुत लोक दर्शन रेग्मी सँग औपचारिक भेटवार्ता गरेको छ । गत अगस्ट महिनामा निर्वाचित इङल्याण्ड राज्य समन्वय परिषदको नयाँ टोलीको राजदूत रेग्मीसँग औपचारिक भेटघाट गरेको हो ।

गत सेप्टेम्बर ६ मा १२ ए केन्सिङटन प्यालेस गार्डेन्समा भएको भेटवार्तामा राज्य परिषद इङल्याण्डका अध्यक्ष एल. बी. जेड. गुरुङले विभेदमा परेका पूर्व गोर्खाहरुको न्यायका लागिलाई सहयोग गर्न आग्रह गरेका छन । उनले गैर–आवासीय नेपालीहरुका लागि नेपाली नागरिकताको प्रावधान खुकुलो पार्न आवश्यक सहजीकरण गर्न राजदूतलाई आग्रह गरे । त्यस्तै अध्यक्ष गुरुङले नेपाली राजदुतावाससंग एनआरएनए इङल्याण्ड राज्य परिषदले नजिक रहेर सहकार्य गर्न चाहेको बताए ।

राजदूत लोक दर्शन रेग्मीले भेटमा गैर–आवासीय नेपालीहरुको साझा समस्या समाधान गर्न एनआरएनएसंग सहकार्य गर्ने वचन दिए । उनले एनआरएनएहरुलाई नेपालीको हितका लागि पनि योगदान गर्ने गरी अगाडि बढ्ने आशा व्यक्त गरे ।

दुतावास पुग्ने टोली सदस्यहरुमा परिषद उपाध्यक्ष भक्त बहादुर दर्जी, सचिव राम प्रसाद पन्थी, सहसचिव अन्जु कुँवर सुवाल, कोषाध्यक्ष सचिन भट्टराई, सहकोषाध्यक्ष सरोज थापा, सदस्यहरु बलराम सुबेदी र डा. विशाल गुरुङ थिए । भेटवार्ताको अवसरमा नेपालीका चर्चित गायक योगश्वर अमात्य पनि उपस्थित थिए ।

© 2022 All Right Reserved DiasporaNepal