शेयर बजार प्रभावित हुने नीति फिर्ता लिन गभर्नरलाई अर्थमन्त्रीको निर्देशन

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई शेयर बजार प्रभावित हुने नीति फिर्ता लिन निर्देशन दिएका छन् ।

अर्थमन्त्री शर्माले शेयर लगानीकर्ताको असन्तुष्टीबारे चासो व्यक्त गर्दै गभर्न अधिकारीलाई सो निर्देशन दिएका हुन् ।

उनले लगानीकर्ताको मनोवल गिर्ने गरी कुनै पनि काम नगर्न गभर्नर अधिकारीलाई भनेका छन् । लगानीकर्ताले माग गरिरहेको मार्जिन कर्जासम्बन्धी पुरानै व्यवस्थालाई निरन्तरता दिन पनि गभर्नर अधिकारीलाई अर्थमन्त्री शर्माले भनेका छन् ।

गभर्नर अधिकारीले शेयर धितो कर्जामा गरिएको कडाइमा लचकता अपनाउने प्रतिबद्धता ब्यक्त गरेको बताइएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर बजारमा जाने मार्जिन प्रकृतिको कर्जाको सीमा ४ करोड देखि १२ करोडसम्मको निर्धारण गरेको थियो ।

यो व्यवस्थापछि शेयर बजार निरन्तर घटिरहेको छ । आइतबार एकै दिन बजार १०८ अंकले घटेको थियो । केन्द्रीय बैंकको उक्त नीतिका कारण लगानीकर्ता गभर्नरसँग असन्तुष्ट भएका छन् । उनीहरूले गभर्नरको राजीनामा समेत माग गर्दै आएका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us