जनसम्पर्क समिति बेलायत : एनआरएनए अध्यक्ष पदका प्रत्यासीका विषयमा विभाजित

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


बेलायत । जनसम्पर्क समिति बेलायतको दुई थरी निर्णय सार्वजनिक भएका छन । आइतबार गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष पदका प्रत्यासी मध्ये रबिना थापालाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेको भोलिपल्ट सोमबार विहान थापालाई समर्थन गर्ने निर्णय नभएको अर्काे विज्ञप्ती अध्यक्ष युवराज गुरुङको नाममा जारी भएको हो । जनसम्पर्क समिति बेलायतका इतिहासमा यस्तो परस्पर विरोधी विज्ञप्ती दुई दिनको अन्तरमा जारी भएको पहिलो पटक हो ।

एनआरएनएको आगामी अक्टोबरमा हुने निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी मध्ये रबिना थापा वा कुल आचार्य मध्ये कस्लाई समर्थन जनाउने भन्ने बिषयमा विवाद भएका कारण दुई थरि विज्ञप्ती सार्वजनिक भएको छ । दुवै बिज्ञप्ती आधिकारीक भएको दावी दुई पक्षले गरेका छन ।

हेर्नुहोस दुई विज्ञप्ती

No description available.
No description available.
© 2022 All Right Reserved DiasporaNepal