मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग पराजित

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । दोस्रो मैत्रीपूर्ण खेलमा आयोजक नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग २-१ गोल अन्तरले पराजित भएको हो । 

भारतलाई जित दिलाउन फारुख चौधरी र सुनिल क्षेत्रीले एक-एक गोल गरे । नेपालका लागि तेज तामाङले सान्त्वना गोल गरे । चौधरीले ६२ मिनेटमा गोल गरे भने सुनिलले ८० मिनेटमा गोल गरेका थिए । नेपालका मिडफिल्डर तेज तामाङ खेलको अन्त्यमा गोल गरे ।

यसैबीच नेपाली टोलीका कप्तान किरणकुमार लिम्बू (चेम्जोङ)ले राष्ट्रिय टोलीबाट ७४ क्यापको कीर्तिमान तोडेका छन् । उनले यसपूर्व कप्तान विराज महर्जनको नाममा रहेको ७३ क्यापको कीर्तिमान तोडेका हुन् । 

गोलरक्षक विशाल श्रेष्ठले करिब एक दशकको राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विशाललाई कप्तान किरण लिम्बूको स्थानमा मैदान प्रवेश गराएका थिए । 

व्यावसायिक फुटबलमा मनाङ-मर्स्याङ्दी क्लब, मच्छिन्द्र क्लबमा सफल रहेका विशालले पहिलो पटक राष्ट्रिय टोलीबाट डेब्यु गर्ने मौका पाएका हुन् । पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलेका थिए ।

खेल हेर्न गृहमन्त्री बालकृष्ण खाण र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली मैदानमा उपस्थित थिए । 

© 2022 All Right Reserved DiasporaNepal