राम गलामीलाई ३ मतले पराजित गर्दै मगर सघं युकेको अध्यक्षमा सिता पुन विजयी 

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । मगर सघं युकेको अध्यक्षमा पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको छ । संस्थाको सातौँ साधारण सभाबाट पहिलो पटक महिला नेतृत्व सम्हाल्दै सिता पुन मगरले अध्यक्षमा जित हासिल गरेकी हुन् ।

सघंको अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिएपनि अन्नत अध्यक्षका आकाक्षीं २ जनाबीच सहमती हुन नसकेपछि निर्वाचनको प्रक्रिया अगाडी बढेको थियो ।

राम गलामी मगरलाई ३ मतान्तरले पछाडी पार्दै अध्यक्षमा सिता पुन मगरले जित हासिल गरेकी हुन् । ८ सय ६४ मतदाता मध्ये कुल खसेको ४ सय ३१ मतमा अध्यक्षका प्रत्यासी गलामीले २ सय १३ र निर्वाचित पुनले २ सय १६ मत प्राप्त गरेका छन् । यो सगैं संस्थाले विभिन्न साधारण सभाबाट महिला आकाक्षींले नेतृत्व सम्हाल्ने सपना पुरा भएको छ ।

अध्यक्ष पदमा निर्वाचत भएपश्चात कुराकानी गर्दै पुनले यो जिम्मेवारी सुम्पिने सम्पूणर्लाई धन्यवाद व्यक्त गरिन् । उनले मगर समुदायको कला संस्कृति र रितिरिवाजलाई जोगाउँदै बेलायतमा रहेका सम्पूणर् मगर समुदायका नेपालीहरुलाई सघंमा आबद्ध गराएर एकताबद्ध गराउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

त्यस्तै मगरसघंको भवन मर्मत संहार गर्ने, मातृभाषको प्रबद्धन र संरक्षण गर्ने, मगर समुदायको अधिकार र हीतमा जोडिएका विषयहरुलाई प्राथमिकताका साथ अगाडी बढाउने र संस्थालाई राजनैतिक हस्तक्षेपबाट टाढा राख्ने समेत उनले प्रतिबद्धता व्यक्त गरिन् ।

© 2022 All Right Reserved DiasporaNepal