कांग्रेसलाई निर्वाचनमा जिताउन प्रवास मिडिया समन्वय संजाल गठन (नामसहित)

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


काठमाडौँ — नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई बिजय गराउन प्रवासका मिडियाहरु समेत परिचालन गर्न अमेरिकाका गौतम दाहालको संयोजकत्वमा प्रवास मिडिया समन्वय संजाल गठन गरिएको छ । समिति संयोजकमा गौतम तथा सदस्यहरुमा होम लम्साल, दिनेश कार्की, बिष्णु पौडेल, कृष्णराज खनाल र गोकुल ढकाल गरि छ जना अमेरिकामा रहेका पत्रकार छन । त्यस्तै, बेलायतबाट बिनय अधिकारी र बेल्जियमबाट ओम शर्मा छन । अस्ष्ट्रेलियाबाट हेमन्त काफ्ले, क्यानाडाबाट बसन्त कार्की, कोरियाबाट राजन कुवँर, जापानबाट बिराट खनाल र भारतबाट प्रेमसिंह लोहार छन ।
कांग्रेसलाई स्थानीय निकायमा ठुलो पार्टीका रुपमा स्थापित गर्न प्रवासबाट क्याम्पिन गरिने संजाल सदस्य विनय अधिकारीले बताए । उनले केही दिन भित्रै विस्तृत कार्यक्रम सार्वजनिक गर्दै नेपालभर कांग्रेसलाई विजय बनाउन प्रवास नेपालीहरुको सहयोग लिइने जानकारी दिए ।
काग्रेसले निर्वाचनलाई लक्षित गर प्रवास समन्वय एवं प्रचार प्रसार उपसमिति गठन गरिसकेको छ । पार्टी प्रवक्ता प्रकाशशरण महत संयोजकत्वको केन्द्रीय प्रचार प्रसार समितिले प्रवासमा रहेका नेपाली मतदाताहरूमाझ समन्वय र प्रचार प्रसारका लागि प्रवास प्रचार प्रसार उपसमिति गठन गरेको हो।

कांग्रेसले यसअघि नै प्रवासमा रहेका नेपाली मतदाताहरूलाई स्वदेश फर्किएर चुनावमा भाग लिन र नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन आव्हान गरिसकेको छ ।
उपसमितिको संयोजकमा जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख विष्ट छन् भने बेलायत, क्यानडा, जापान, जर्मनी, मलेसिया, युएई, बहराइन, नर्वे, साइप्रस, इजरायल, कतार, अष्ट्रेलिया, कुवेत, बेल्जियम, दक्षिण कोरिया, स्पेन, नेदरल्याण्ड, पोर्चुगल स्वीटजरल्याण्ड, डेनमार्क, मकाउ, साउदी अरब, पोल्याण्ड, इटली, हङकङ लगायत ३६ देशका जनसम्पर्क समितिका सयोजकहरूलाई उपसमितिको सदस्यमा मनोनयन गरिएको छ । उपसमितिमा प्रवासका जनसम्पर्क समितिका सदस्य नेताहरुलाई सदस्यमा मनोनीत गरिएको छ ।

© 2022 All Right Reserved DiasporaNepal