नेपालसँग मैत्रीपूर्ण खेल खेल्न सोमबार बंगालादेशको महिला फुटबल टोली काठमाडौं आउने

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्बिरः न्युज कारखाना

काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेश महिला फुटबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरले यसअघि नै न्युज कारखानासँग दुई नेपाल–बंगलादेशबीच दुई मैत्रीपूर्ण खेल हुने तय भएको बताएका थिए ।

आइतबार एन्फाले आधिकारिकरूपमा खेलको मिति, स्थल र टिकट मूल्य सार्वजनिक गरेको हो । नेपाल र बंगलादेशबीचको दुबै मैत्रीपूर्ण खेल काठमाडौंको त्रिपरेश्वरस्थित दशरथ रंगशालामा हुने तय भएको छ । खेल २४ र २७ भदौमा हुनेछ ।

यस्तै टिकट मूल्य दुई  र पाँच सय रुपैयाँ राखिएको एन्फाले जनाएको छ । मैत्रीपूर्ण खेल खेल्न बंगलादेश टिम भोलि (सोमाबर) नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।  

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेणुका नगरकोटेको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका छन् । जसमा सात नयाँ अनुहार देखिएका छन् ।

नेपालले एएफसी महिला एसिया कप २०२२ छनोटको खेल अघि बंगलादेश खेल्न लागेको हो । नेपाल सम्मिलित समूह एफमा फिलिपिन्स र हङकङ रहेका छन् । खेल  उज्वेकिस्तानमा हुनेछ ।

© 2022 All Right Reserved DiasporaNepal