विल स्मीथले झापडका लागि क्रिस रकसँग माफी मागे

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

अस्कर विजेता अभिनेता विल स्मीथले अभिनेता क्रिस रकसँग माफी मागेका छन्। नेपाली समय अनुसार सोमबार बिहान अमेरिकाको लस एन्जलसमा भएको अस्कर समारोहका क्रममा विलले क्रिसलाई झापड हानेका थिए ।

त्यसका लागि विलले माफी मागेका हुन् । विलकी श्रीमतीलाई जोडेर क्रिसले व्यंग्य गरेका थिए । त्यसपछि विल स्टेजमा गएर क्रिसलाई झापड हानेका थिए । त्यसपछि विलले किङ रिचार्डका लागि सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।

मन्तव्यका क्रममा विलले एकेडेमी र अरु मनोनयनमा परेकाहरुसँग माफी मागेका थिए । तर क्रिससँग भने माफी मागेका थिएनन् ।

उनले सोमबार अबेर वक्तव्य जारी गरेर आफूले गरेको व्यवहार ‘अस्वीकार्य र माफी अयोग्य’ रहेको उल्लेख गरेका छन् ।

वक्तव्यमा उनले भनेका छन्, ‘म उसँग सार्वजनिक रुपमा माफी माग्न चाहन्छु, क्रिस, मैले सीमा नाघेको थिएँ र म गलत थिएँ ।’

अस्कर फिल्म एकेडेमीले झापडलाई लिएर विलको आलोचना गरेपछि उनको माफी आएको हो । एकेडेमीले घटनाका सम्बन्धमा आधिकारिक रुपमा मूल्यांकन गर्ने जनाएको छ ।

विलले इन्स्टाग्राममा पोस्ट गरेको वक्तव्यमा लेखिएको छ, ‘सबै प्रकारको हिंसा विषादी हो र खराब हुन्छ । एकेडेमी अवार्डमा मैले गरेको व्यवहार अस्वीकार्य र माफी योग्य थिएन ।’

© 2022 All Right Reserved DiasporaNepal