यसरी बनाउँन सकिन्छ श्रमिकको एनआरएनए

३ वर्षs अगाडि

डिबि क्षेत्री


गैरआवासीय नेपाली संघ (एनआरएनए) विदेशस्थित नेपालीको पवित्र संस्था हो । नेपाल सरकारले मान्यता दिएको र प्रवासी नेपालीले साझा ठान्ने संस्था भनेकै एनआरएनए हो । यो हाम्रो सँस्था राम्रो संस्था, फर नेपाली बाइ नेपाली, यो संस्थामा भनिने सुनिनें नारा हुन् । तर हाम्रो उद्देश्य एकातिर काम अर्काेतिर गइरहेको अनुभव तपाई हामी सबैले गरेका छौं । एनआरएनए जस्तो पवित्र संस्थामा हामी भारतीय राजनीतिलाई होच्याएर भन्ने चुनावी पद्धति मध्येका बिहारी र युपी मोडेलको राजनीतिलाई पो स्थापित गर्न कोशिस गरिरहेका छौ । जहाँ छलकपट, बाहुवली र धनको (नुमाइएस) बोल्ने थलो बनेको छ । यसलाई रोक्नु पर्छ अब । एनआरएनएलाई आम नागरिक, मध्यपुर्वका श्रमिक, युवाको ,महिला अझ समग्रमा भन्ने हो भने नेपाली समुदायका आम आप्रबासी नेपालीको साझा चौतारी बनाउनु पर्नेछ ।

हामी मध्यपुर्व नेपालीहरुले यो अभियान कुनै चम्किलो बन्न या देखावटीका लागि एनआरएनएमा आएका थिएनौ र लगेनौ , हामी त यो साझा चौतारीमा महिला, विद्वान, विशेषज्ञ, मजदुर, नयाँ पुस्ता,धनीगरिवको सामुहिक चौतारी ठानेर आएका हौं, ठान्छौं । नेपाल बाहिरको नेपाल हो भनेर एनआरएनएमा लागेका हौं र यहाँबाट उठेका तथा उठाएका मुद्धाहरु नेपाल सरकारमा पुर्याएर यो हरियो (नेपाली) पासपोर्ट बोकेर मन भरि अनिश्चितता ,डर , त्रास ,भोलि के हो भन्दै कहिले तरंगित हुदै हवाईजहाजमा राखेको वेट वाइप टिसुलाई नचिनेर मुखले च्यातेर चुस्न देखिको अपमान सहदै कहालीलाग्दो बिरानो शहर पुगेका थियौ र पुगिरहेका छौं ।

नयाँ ठाउँ, नौलो ठाउँ अनिश्चित जीवन वोकेर नाता परिवारबाट टाढा हिड्नु परेको छ । परिवार सँगको माया प्रेम र आत्मियतालाई त्यागेर विदेशमा श्रम गर्नुको बाध्यता यहाँ भन्दा धेरैको मन भत्कन सक्छ । विदेशमा कामको शिलशिलामा अंगभंग नभइ जीवित रहे सहिसलामत भए फर्किने बेलादेखि घर पुग्दासम्म पनि पीडित ठगिएका, हेपिएका हामीहरु वा हाम्रो वर्गलाई केहि दुखमा मलम लगाउ भनेर नीति निर्माणका तहमा सुधार गरौ र सम्मानित वनाउ भनेर लागेका हौं ।
धेरै मुद्दामा साथ पाएका पनि छौ । तर हामी कतिपय मानिसहरुका लागि बोझ जस्ता देखिएका छौ । अव पिएनोको एनआरएन बनाउनु पर्छ भनेको सुन्दा यो मुटु छियाछिया हुन्छ अनि मुटुमा चिसो सिरटो चल्छ। समग्रमा संस्थाको मुख्य विषय त बनेको छ । तर त्यस्मा सिधा समस्याको सुल्टो समाधान गर्न कठिन नै बनेको छ। आज पनि सरकारी कर्मचारीतन्त्रको मनोमानी गरि बैदेशिक रोजगारीमा पठाउँदा गैरकानुनी ढंगले काम गर्ने गराउने, ठगि गर्ने कुनै न कुनै राजनीतिक पार्टी र पहुचवालाहरुको संरक्षणमा हुँदा अझै भएका नीति नियमको पालना गराउन सकिएको छैन।
बैदेशिक रोजगारीका लागि आउने नेपालीहरु मध्ये अंगभङ्गमा परेका, ठगीएर फर्किएका, मृत्यु भएर बाकसमा लास बनेर फर्किएकाहरुको जीवन कहाली लाग्दो छ । शोषण परेर शारिरीक होस्, आर्थिक होस् या मानसिक रुपमा पीडित भएकाहरुको कहानी त कहालीलाग्दो छ। राजनीति, मिडिया, गैरसरकारी संस्था ,सामाजिक अभियन्ताको मनमा झुन्डिएको शव्द नै यीनीहरु अर्थात श्रमिक आर्थिक सिपाही हुन् । ३० प्रतिशत जीडिपिका योगदान गर्ने हुन्, दुखी हुन, पिडित हुन् । तर व्यहारमा यहि समस्या भित्र आफ्नो कमाइ, राजनीतिक फाइदा र विकाउ मुद्दा वा मसलाका रुपमा हेरिएको बिषय त हैन भन्ने आशंका हामीलाई लाग्छ ।

तसर्थ यो वर्ग, लक्षीत मिडिया , सामाजिक अभियन्ताहरुलाई ,संघका अग्रज तथा मित्रहरुलाई केहि सीमित बिषयहरुमा इमान्दार प्रयासका लागि अपिल गर्दछु । साथै, मध्यपुर्ब मलेसिया अफ्रिका, एसीया इस्ट युरोपका सबै जना अभियन्ताहरुमा पनि अपिल गर्दछु कि चुनाबदेखि चुनाबसम्मका झोले हुने, अरुका कोट बोकेर हिड्ने, कुरा श्रमिकका गर्ने अनि काम मालिकका लागि गर्ने र मालिकलाई थप धनी बनाउन तिनीहरुलाई रिझाउने कममा नलागौ । आउनुस तपाईका सबै शक्ति, सबै क्षमता श्रमिक बर्गको हीतमा लगाऊ, श्रमिक वर्गलाई लक्षीत गरेर कम गरौ। श्रमिकले अपनत्व ग्रहण गर्ने सवल एनआरएनए बनाऔं । सक्षम नेतृत्व चयन गरौं । जय एनआरएनए ।

© 2022 All Right Reserved DiasporaNepal