एनआरएनए स्कटल्याण्डद्वारा राजदुत आचार्यलाई स्वागत र घुम्तिसेवा निरन्तरताको माग

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


स्कटल्याण्ड-गैरआवासीय नेपाली संघ (एनआरएनए) युके स्कटल्याण्ड राज्य समन्वय परिषदद्वारा नेपाली राजदुत ज्ञानचन्द्र आचार्यलाई स्वागत तथा स्कटल्याण्डका समस्याका बारेमा अवगत गराएको छ । राज्य समन्वय परिषद् स्कटल्याण्डका प्रतिनिधिहरुले गत मार्च १५ मा लण्डनस्थित नेपाली राजदुतावासमा पुगेर राजदुत आचार्यलाई स्वागत र स्थानीय नेपालीहरुका समस्याका बारेमा अवगत गराएका हुन । उनीहरु राजदुत आचार्यलाई चार बर्षे कार्यकालका लागि शुभकामना समेत दिए ।
राजदुत आचार्यले भौगोलिक रुपमा लण्डनबाट टाढा स्कटल्याण्डवासीका समस्या समाधान र मिलेर काम गर्न उत्साहित गरेको जानकारी गराएका थिए । उनले स्कटल्याण्डबासीसहित सबैलाई धन्यवाद प्रकट दिदै सिमित स्रोतसाधनको बावजुत पनि बेलायतवासी आमनेपालीहरुको पहुंच दूतावास सम्म पुर्याउने र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको स्कटल्याण्ड राज्य समन्वय परिषद्ले जनायो ।
राज्य परिषद स्कटल्याण्डका अध्यक्ष काशिराम भन्डारीले स्कटल्याण्डवासी नेपालीका समस्या र जनचासोका बारेमा जानकारी गराउदै घुम्ती सेवाको माग राखेका थिए । उनले पुर्व राजदुतलोकदर्शन रेग्मीले स्कटल्यान्डमा आबधिक घुम्तिसेवा दिने प्रतिवद्धता राख्नु भएको जनाउदै वर्तमान राजदुतले यस्तो सेवालाई निरन्तरता दिनु पर्ने स्कटल्याण्डवासी नेपालीको माग रहेको जनाए । भेटघाट कार्यक्रममा उपनियोग प्रमुख रोसन खनालले नयाँ इपासपोर्ट लगायतका कार्यमा आवश्यक पर्ने नयाँ प्रविधिले गर्दा सुविधा उपलव्ध गराउन अलि ढिला भएको बताइन् । दुतावासका प्रवक्ता समेत रहेकी खनालले आगामी मे २१ र २२ का दिन स्कटल्यान्डमा घुम्तिसेवा उपलब्ध गराउने कर्यक्रम तय रहेको जानकारी गराइन् । कार्यक्रममा नियोग उप प्रमुख रामबाबु नेपालको पनि सहभागिता थियो ।


भेटघाटका क्रममा उनले गत सिओवि २६ विश्व सम्मेलनमा प्रधानमन्त्री शेरवहादुर देउवाको स्कटल्याण्ड भ्रमण सफल बनाउन एनरएनए स्कटल्यान्ड राज्य समन्वय परिषदले गरेको सहयोग प्रति धन्यवाद दिए । परिषद्का उपाध्यक्ष उज्वल कार्कीले नेपालबाट युके सिधै हवाई मार्ग जोड्न पहल गर्न आग्रह गरे । सिधा हवाई सेवाले कोरोनाको मारमा परेको नेपाली अर्थतन्त्रमा ठुलो मद्दत पुग्ने र अरु धेरै क्षेत्रमा पनि ढोका खुल्ने स्कटल्याण्डवासी नेपालीको अपेक्षा रहेको थियो । उनले स्कटल्यान्डबासी नेपालीहरु राजदुत आचार्यलाई स्कटल्यान्डमा स्वागत गर्न इच्छुक रहेको बताए । परिषद् कोषाध्यक्ष शर्मिला भन्डारीले दूतावास मार्फत स्कटल्याण्डमा सन्चालन गरिने जुनसुकै कार्यक्रममा पुर्ण सहयोग र सहभागिता हुने बताएकी थिइन् ।परिषदका प्रतिनिधिहरुले आफुले गरेका कृयाकलापको जानकारी गराउने क्रममा केहिदिन अघि मात्र अध्यक्ष भन्डारी स्वयम् आफै पोल्यान्ड गएर युक्रेन र रसिया युद्धको चपेटामा परि पिस्थापित भएका नेपालिहरुलाइ स्कटल्याण्ड राज्य परिषदको तर्फबाट आर्थिक सहयोग गरेको बताएका थिए ।
कार्यक्रमको समापन गर्दै स्कटल्याण्ड राज्य समन्वय परिषद्का प्रतिनिधिहरुले नव नियुक्त राजदुत आचार्य तथा नियोग प्रमुख उपप्रमुख खनालाई खादा तथा उपहारले स्वागत गरेका थिए।

© 2022 All Right Reserved DiasporaNepal