यात्रु ठगेको आरोपमा ट्राभल कन्सोल यूकेसहितका कम्पनीलाई कारबाहीको सिफारिस

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ । कोराना संक्रमणको दोस्रो लहरका बेला नेपालबाट चार्टर उडान भरि यात्रुहरु ठगी गर्ने ट्राभल्स एजेन्सीहरुलाई कारवाहीको सिफारिस गरिएको छ । छानबिन समितिले प्रभास ट्राभल एन्ड टुर्स, एमएलके ट्राभल्स डटकम, प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स, ट्राभल कन्सोल यूके, रबिता इन्टरनेसनल ट्राभल्स एन्ड टुर्स र क्षितिज टुर्स एन्ड ट्राभल्स प्रालि माथि थप छानविनको सिफारिस गरेको हो ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा पर्यटन मन्त्रालयले गठन गरेको ‘कोभिड–१९ को महामारीको समयमा चार्टरलगायत अन्य अन्तर्राष्ट्रिय उडानमा भाडा महँगो उपर छानबिन समिति’ले चार्टरलगायतका अन्तर्राष्ट्रिय उडानमा यात्रुबाट बढी भाडा लिएको निष्कर्ष निकालेको हो । ति ट्राभल्स कम्पनीहरुले तीन वायुसेवाको उडानमा यात्रुलाई महँगोमा टिकट बिक्री गरेको जनाउँदै छानविन समितिले थप छानबिनका लागि मन्त्रालयलाई सिफारिस गरेको छ ।
प्रतिवेदनमा तीनवटा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाले यात्रुलाई ठगेको छानबिनबाट देखिएको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा पर्यटन मन्त्रालयले गठन गरेको ‘कोभिड–१९ को महामारीको समयमा चार्टरलायत अन्य अन्तर्राष्ट्रिय उडानमा भाडा महँगोउपर छानबिन समिति’ ले चार्टरलगायतका अन्तर्राष्ट्रिय उडानमा यात्रुबाट बढी भाडा लिएको निष्कर्ष निकालेको हो ।
निषेधाज्ञामा सरकारले विशेष अनुमति दिई सञ्चालन भएका उडानका यात्रुहरुले चर्को भाडा तिर्नुपरेको गुनासो गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार ३ गते हवाई भाडा छानबिन समिति गठन गरेको थियो । उक्त समितिले बुधबार पर्यटन सचिव यादव कोइरालालाई बुधबार प्रतिवदेन बुझाएको छ ।
‘समितिलाई हवाई भाडा महँगो भएको सम्बन्धमा २५ वटा उजुरी प्राप्त भएका थिए,’ मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जसमध्ये कतार एयरवेजसँग सम्बन्धित ९ वटा टिकट निर्धारितभन्दा बढी भाडा लिएको पाइयो ।’ समितिका अनुसार, काठमाडौं दोहाको उडानसँग सम्बन्धित कतार एयरवेजका १६ यात्रु, टर्किस एउरलाइन्सका ७ यात्रु र नेपाली वायुसेवा हिमालय एयरलायन्सका दुई यात्रुले महँगो भाडा तिर्नु परेको उजुरी दिएका थिए ।
समितिले ठगी कार्यमा संलग्नउपर विस्तृत अनुसन्धान तथा कारबाही गर्न सचिव कोइरालालाई सिफारिस गरेको छ । सहसचिवसमेत रहेका प्रवक्ता अधिकारीले समितिको प्रतिवेदन थप अनुसन्धान तथा कारबाहीका लागि गृह मन्त्रालयलाई बुझाइने बताए ।

पहिलो लकडाउनमा झैं यसपटक पनि अन्तर्राष्ट्रिय चार्टर उडानमा वायुसेवा कम्पनी र ट्राभल एजेन्टबाट यात्रु ठगिने क्रम नरोकिएपछि तत्कालीन पर्यटनमन्त्री उमाशंकर अरगरियाले प्राधिकरणका महानिर्देशकको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए । सरकारले दोस्रो चरणको कोरोना संक्रमण रोकथाम गर्न लगाएको निषेधाज्ञापछि (वैशाख १९ यता) का अन्तर्राष्ट्रिय चार्टर उडान गर्दै आएका स्वदेशी–विदेशी वायुसेवा कम्पनी र तीनका लागि टिकट बिक्री गर्ने ट्राभल एजेन्सीमाथि समितिले छानबिन गरेको थियो ।

पूर्व पर्यटनमन्त्री भानुभक्त ढकाललाई मौखिक जानकारी दिँदा पनि कारबाहीका लागि पहल नभएपछि जहाजको टिकट तथा ‘टुर प्याकेज’ बिक्री गर्ने नेपाली ट्राभल एजेन्सीहरुको छाता संगठन ‘नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेट्स’ (नाट्टा) ले जेठ २५ गते आफ्ना केही सदस्य ट्राभल एजेन्सीहरुले कतार र टर्किस एयरलायन्ससँग भइरहेका चार्टर उडानमा मिलेमतो गरी अनियमितता गरेकाले तत्काल कारबाही गर्न नयाँ पर्यटनमन्त्री अरगरियालाई मौखिक तथा नागरिक उड्डयन प्राधिकरणलाई लिखित पत्रै पठाएका थिए ।

चार्टर उडानमा संलग्न नेपाली ट्राभल एजेन्सीहरुमा दरबारमार्गमा रहेको प्रेसिडेन्ट र नागपोखरीमा रहेको मेगाबाइट ट्राभल एन्ड टुर्सबाट बिक्री हुने चार्टर उडानका टिकटमा अत्यधिक मूल्य असुल हुने गरेको यात्रुहरुले गुनासो गरेका थिए ।

© 2022 All Right Reserved DiasporaNepal