भारतमा पाँच राज्यमा विधानसभा निर्वाचनः पन्जाबमा आम आदमी दुईतिहाइ नजिक

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

दिल्ली। भारतका पाँच राज्यहरुमा भएका विधानसभा निर्वाचनको मतगणनाका प्रारम्भिक रुझानमा सत्तारुढ भारतीय जनता पार्टीले बहुमत ल्याउने देखिएको छ । पाँच राज्यहरुमध्ये पन्जाबमा आम आदमीको विजय निश्चित देखिन्छ भने तीन राज्यहरु– उत्तर प्रदेश, उत्तराखन्ड र मणीपुरमा भाजपाले जित्ने देखिएको छ ।

त्यस्तै, गोवामा पनि भाजपाको अग्रता छ । यी प्रदेशमा आफ्नो विजय निश्चित देखिएको भन्दै पन्जावमा आम आदमी र अन्य प्रदेशहरुमा भाजपाले विजयोत्सव मनाउन थालेका छन् ।

सहज अन्तरले अगाडि रहेको उत्तर प्रदेशको नतिजाले भने सन् २०२४ मा हुने लोकसभा निर्वाचनमा भाजपाका लागि धेरै अर्थ राख्ने जनाइएको छ ।

सार्वजनिक भइरहेका नतिजाले देशकै पुरानो पार्टी पाँचै राज्यमा लज्जास्पद पराजय चाख्ने देखिएको छ । भाजपाका तर्फबाट नरेन्द्र मोदी प्रधानमन्त्रीमा निर्वाचित भएपछि कांग्रेसले निरन्तर पराजय चाखेको विश्लेषकहरुको टिप्पणी छ ।

कठिन प्रतिष्प्रर्धा गरेको कांग्रेसले गोवामा प्रष्ट बहुमत नल्याउने प्रारम्भिक रुझानले देखाएको छ । ४० सीट रहेको गोवाआमा पछिल्लो रुझानमा भाजपा १८ र कांग्रेसको ११ सिटमा अग्रता छ । त्यस्तै क्षत्रीय पार्टी त्रिणमूल कांग्रेस ४ र आम आद्मी पार्टी ३ सिटमा अगाडि देखिएका छन् ।

मतगणना जारी भइरहँदा ४०३ सिट रहेको उत्तर प्रदेशमा २६७ सिटसहित भाजपा अगाडि छ भने समाजवादी पार्टीले १२४ सिटमा अग्रता कायम गरेको छ । त्यस्तै, कांग्रेस ४ सिटमा अगाडि छ । त्यसैगरी ११७ सीट रहेको पन्जाबमा आम आद्मी ९० सिट र कांग्रेस १८ सिटमा अग्रता कायम गरेको छ । त्यस्तै पुरानो पार्टी अकलीले ६ सिटमा अग्रता कायम गरेको छ । पन्जाबमा भाजपाको भने २ सिटमा मात्र अग्रता देखिन्छ ।

कुल ७० सिट रहेको उत्तराखन्डमा मतगणनाको पछिल्लो रुझानमा भाजपा ४४ र कांग्रेस २२ स्थानमा अगाडि देखिएको छ ।

© 2022 All Right Reserved DiasporaNepal