प्रा. डा. सूर्यप्रसाद सुवेदीको आत्म-वृतान्त लण्डन र न्युयोर्कबाट एकैसाथ प्रकाशित

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

प्रा डा सूर्यप्रसाद सुवेदीको आत्म वृतान्त लण्डन र न्युयोर्कबाट एकैसाथ प्रकाशित भएको छ । “यो नेपाली शीर उचाली संसारमा लम्किन्छ, जुनकिरी झैं ज्योतिबालि अन्धकारमा चम्किन्छ” भन्नेकि भूपी शेरचरको गितबाट सानैउमेर देखि प्रभावित प्रा सुवेदीले लम्जुङ्गबाट काठमाडौं हुदै संसारमा लम्किनेक्रममा उनले गरेका काम, प्राप्त गरेका उपलब्धिहरु जीवनका आरोह र अवरोहहरु, संघर्षका गाथाहरु र मानव अधिकार तथा न्याय र कानुनको क्षेत्रमा नेपाल र संसारलाई दिएको योगदानको संगाली उनको ‘आत्मा वृतान्त’ बेलायतको एक प्रतिष्ठित प्राज्ञिक प्रकाशन गृह राउटलेजले लण्डन र न्युयोर्कबाट एकै साथ प्रकाशन गरेको हो ।

“मानव अधिकार, कानुन र न्याको क्रियाशिलता नेपालदेखि नोबेल पुरस्कार मनोनयनसम्मको यात्रा भन्ने उक्तग्रन्थमा लम्जुङ्गबाट सुरु गरेको जीवन यात्रामा उनी कसरी अक्सफोर्ड विश्वविद्यालयबाट उत्कृष्ट शोधग्रन्थ पुरष्कार सहित विद्यावारिधि गर्ने पहिलो नेपाली, अक्सफोर्डबाटै कानुनमा महाविद्याबारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वाेच्च उपाधि पाउने बिरलै व्यक्ति, न्याय र कानुनको क्षेत्रमा संसारकै प्रतिष्ठित व्यक्तित्व र सम्भबत अफिसर अफि द अर्डर अफि द ब्रिटिश ईम्पायर भन्ने उच्चस्तरको उपाधि पाउने पहिलो नेपाली तथा बेलायतका प्रखर कानुनविदहरुले पाउने कुइन्स काउन्सेल भन्ने उपाधि समेत प्राप्त गर्न सफल प्रा सुवेदीको आत्म वृतान्त पठनीय, रोचक र प्रेरणादायी छ ।

एक अन्तरराष्ट्रिय बौद्धिक व्यक्तित्वको रुपमा उनले कसरी जीवनयापन गर्दै आएका छन । संयुक्त राष्ट्र संघको क्याम्बोडियाका लागि मानव अधिकार प्रतिनिधि, बेलायको परराष्ट्र मन्त्रीको मानव अधिकार सल्लाहकार, अन्तरराष्ट्रिय प्रकृति संरक्षको विश्व सम्मेलनको कानुनी सल्लाहकार र अन्तराष्ट्रिय कानुनी प्रज्ञा प्रतिष्ठानको आजीवन प्राज्ञ निर्वाचित भएर संसारलाई कस्तो योगदान दिएका छन । साथै, अन्तरराष्ट्रियस्तरमा नेपाल र नेपालीको ख्याती तथा गौरब बढाउन कस्तो भुमिका निर्वाह गरेको छन भन्ने बारेमा पनि उक्त प्रकाश पारेका छन ।

नेपाल, बेलायत रअमेरिकालगायत पाँचवटा देशका सात वटा विश्वविद्यालयमा प्राध्यापन गरेका प्रा सुवेदीका कृतिहरु विभिन्न देशका भाषामा अनुदित भै सकेका छन् । उनको पुर्वीय सभ्यतामा मानव अधिकार भन्ने ग्रन्थ अन्तरराष्ट्रिय रुपमा चर्चित ग्रन्थ हो । जसमा उनले नेपाललाई प्राचिन कालमा किन ज्ञानभुमि र तपोभुमि भनेर चिनिन्थ्यिो, कति कारणहरुले नेपाल पुर्वीय सभ्यताको उद्गम स्थल हो र कसरी नेपालले भारतीय र चिनिया सभ्यताको सम्बन्ध सेतुको रुपमा भुमिका निर्वाह गरेको थियो भन्ने उल्लेख गरेका छन । प्रा सुवेदीको आत्म वृतान्त रहेक नेपालीले पढी प्रेरणा लिन सक्ने मानिएको छ ।

यो लिंकमा प्रा.सुवेदीको आत्म वृतान्त उपलब्ध छ :

https://www.taylorfrancis.com/books/mono/10.4324/9781003271543/workings-human-rights-law-justice-surya-subedi

© 2022 All Right Reserved DiasporaNepal