स्कटल्याण्डमा नेपाली दुतावासले घुम्ती सेवा संचालन गर्ने

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


स्कटल्याण्ड । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्कटल्याण्ड राज्य समन्वय परिषद्ले बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख श्रीमती रोशन खनाल लगायतको दुताबासको टोलीलाई स्वागत गरेको छ ।

परिषद्को निमन्त्रणामा पुगेको दुताबासको टोलीलाई एनआरएनए स्कटल्याण्डका नवनिर्वाचित अध्यक्ष काशीराम भण्डारी, श्रीमती मीरादेवी भण्डारी, एनआरएनए स्कटल्याण्डका महिला टीमले नौमती बाजासहितले स्वागत गरेका हुन ।
एनआरएनए स्कटल्याण्डका प्रमुख संरक्षक भोला खनालले राजदुत रेग्मीसहित दुतावासको टोलीलाई स्वागत गर्दै मन्तव्य दिएका थिए । राजदुत रेग्मीले एनआरएनए स्कटल्याण्ड समितिलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिए । उनले स्कटल्याण्डमा कन्सुलर सेवाका लागि घुम्ती शिविर सन्चालन गरिने जनाए । राजदुत रेग्मीले एडिनवराको बोटानिकल गार्डेन, एनआरएनए र नेपाल सरकार, गोरखाका समस्या, स्कटल्याण्डका नेपाली कक्षालाई नेपाल सरकारले वैधानिकता दिने जस्ता क़ुराहरुमा उपस्थित जनमानसलाई प्रष्ट पारेका थिए ।

एनआरएनए अध्यक्ष भण्डारीले स्कटल्याण्डका परदेशी नेपाली तथा नेपालका लागी जाने पर्यटकका समस्याहरुलाई ध्यान गराउँदै राजदूत रेग्मीलाई ज्ञापन पत्र बुझाएका थिए । एनआरएनए स्कटल्याण्डका उपाध्यक्ष उज्जल कार्कीले ज्ञापन पत्र पढेर सुनाउँदै स्कटल्याण्डवासी नेपालीको समस्याका बारेमा अवगत गराएका थिए । उनले नेपाली दुताबासले स्कटल्याण्डलाई दिन गइरहेको सेवाको प्रशंसा गरे ।
सहसचिव सुमी भण्डारीले एनआरएनए स्कटल्याण्डमा धेरै महिला भएको र आगामी दिनमा यसरी महिलाहरूलाई सामाजिक सेवामा प्रोत्साहन गरिने विश्वास व्यक्त गरिन । कार्यसमिति सदस्य घनश्याम भण्डारीले एनआरएनए युकेका उपाध्यक्ष मोहन कार्कीले स्कटल्याण्डबासीका मुद्दाहरुलाई उठाउँदै एनआरएनए युके, एनआरएनए आइसिसी, नेपाल दुताबासमा ज्ञापन दिइसकेको तर अकस्मात आमाको निधनले नेपाल जानु परेकोमा उनको आमाप्रति श्रद्धान्जलि तथा परिवारमा समवेदना व्यक्त गरे ।
एनआरएनए स्कटल्याण्डका अध्यक्ष भण्डारीले बेलायत सरकार र नेपाल सरकारले कोभिड १९ को होटल आइसोलेसन नियमले नेपाली तथा पर्यटकलाई पारेको मर्काको बारेमा ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रम संचालक एनआरएनए स्कटल्याण्डका सचिव मनिष खत्रीले नेपाली कक्षा, विधार्थीहरूका समस्याहरुलाई ध्यानाकर्षण ग़राएपछि राजदूताबास र सबै उपस्थितहरु बीच प्रश्नोत्तरको सेसन चलाइएको थियो ।

कार्यक्रममा माधव भण्डारी, सागर भण्डारी, राम बगाले, राजु बम, टीका लिम्बू ,धन केसी, राम श्रेष्ट, गोविन्द कँडेल, शेर केसीले सहभागीता जनाए । कार्यक्रममा एबरडीनबाट आएका समाजसेबी तथा नेपाली पर्यटनका अनुभवी प्रकाश भट्टले कसरी पर्यटन प्रवर्धन गर्ने भनेर सुझाव दिएका थिए ।

© 2022 All Right Reserved DiasporaNepal