भुतपुर्व गोर्खाका मुद्दा पहिलो प्राथमिकता : राजदुत आचार्य
लण्डन । संयुक्त अधिराज्यका नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले भुतपुर्व गोर्खाका थाति रहेका समान अधिकार र पेन्सनका मुद्दा वार्ताद्वारा समाधान गरिने बताएका छन । गैर आवासीय नेपाल संघ (एनआरएन) बेलायतले गरेको आफ्नो सम्मानमा गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा नेपाली राजदुत आचार्यको भुतपुर्व गोर्खाका समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्ने बताएका हुन् । वेलायतका लागि नेपालका २२ औँ राजदुतको रुपमा गत बुधबार कार्यभार सम्हालेका आचार्यलाई एनआरएन युकेले अल्डरसटमा नौमति बाजा बजाएर बाजागाजा सहित स्वागत गरेको थियो ।
एम्पायर हलमा पुर्व गोर्खा सामु उनले आफ्नो कार्यकालमा भूपू गोर्खा सैनिकहरुका समस्या समाधान पहिलो प्राथमिकता रहेको बताए । आचार्यले नेपाल र बेलायतबीचको द्धिपक्षीय, राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध अझै सुदृढ बनाउने र राजदुतावासको भुमिकालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
,नेपाल र बेलायतविचको ऐतिहासिक सम्बन्धलाई विस्तार, सुदृढ र अझ बढी सार्थक बनाउन सकिन्छ त्यो प्रमुख कार्य हो, राजदुत आचार्यले भने, त्यसवाहेक दुई देशविचको सिधा हवाई यातायात संचालनका लागि पहल गर्ने छु ।, श्रीमतिसहित स्वागत कार्यक्रममा उपस्थित राजदुतले सार्थक कार्यकाल बनाउन सबै सँग सहकार्य गरेर अघि बढने जनाए ।
कार्यक्रममा एनआरएनए आइसीसीका सल्लाहकार कुल आचार्य, एनआरएनए यूकेका प्रमुख संरक्षक शेर सुनार, भुपु गौर्खा सैनिकहरुको अधिकारको निम्ती करिब दुई हप्ता लण्डनमा अनशन बसेका सत्याग्रहका नेता धन गुरुङ, पुष्पा राणा घले, एनआरएनए अभियन्ता ललितकुमार न्यौपाने तमुधि युकेका अध्यक्ष हितकाजि गुरुङ, यति नेपाली युकेका अध्यक्ष ध्रुव केशी लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा एनआरएन युकेका अध्यक्ष प्रेमगाहाले बेलायतमा एक अनुभवी कूटनीतिज्ञ राजदूत पाएको भन्दै एनआरएन युके नेपाली राजदूतावास लन्डनसँग हातेमालो गरी नेपाली समुदायका हकहितमा लाग्ने प्रतिवद्धता जनाए । एनआरएनए बेलायतसँगै चार वटा राज्य समन्वय परिषदहरु क्रमशः नर्दन आयरल्याण्ड, वेल्स्, स्कटल्याण्ड र इंगल्याण्डका अभियन्ताहरुसहित बुद्धिजिविहरु समेत कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रममा एनआरएन यूके प्रमुख संरक्षक, प्रमुख सल्लाहकारहरु, सल्लाहकारहरु, पूर्व अध्यक्षहरु, एनआरएन आइसीसी सल्लाहकारहरु, निर्वाचित आइसीसी सदस्यहरु तथा आइसीसी उम्मेदवारहरुलगायत बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी भएका थिए ।
एनआरएन युकेका अध्यक्ष प्रेम गाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्षद्धय। गोबिन्द खरेल र नारायण कडेंलको शुभकामना एवम् स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमको सञ्चालन उपाध्यक्ष रामचन्द्र पोखरेलले गरेका थिए ।