उल्भ्स १–० पराजित

३ वर्षs अगाडि

एजेन्सी

एजेन्सी

लन्डन — मेसन ग्रिनउडको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार उल्भ्सलाई १–० ले हराएको छ । खेल सकिन १० मिनेटअगाडि खेलको एक मात्र गोल सम्भव भएको हो ।

यो जितपछि म्यानचेस्टरको तीन खेलबाट सात अंक भएको छ । उल्भ्स भने लगातार तीन हारपछि अंकविहीन छ । यसअघि सन ह्वेङ मिनले इंग्लिस प्रिमियर लिगको आफ्नो दुई सयौं खेलमा गरेको निर्णायक गोलमा टोटनहमले वाटफोर्डलाई १–० हराएको थियो ।

यससँगै लिगमा टोटनहमले आफ्नो शतप्रतिशत सुरुआतलाई कायम राखेको छ । यो जितपछि टोटनहम सेप्टेम्बरको इन्टरनेसनल ब्रेकअगाडि अंक तालिकाको शीर्ष स्थानमा रहनेछ ।

उसको तीन खेलबाट अधिकतम ९ अंक भएको छ । वाटफोर्ड भने १२औं स्थानमा छ । आइतबारकै अर्को खेलमा बर्नली र लिड्सले १–१ को बराबरी खेले ।

© 2022 All Right Reserved DiasporaNepal