कोरोना संक्रमणको त्रास बिच आज नेपाली मेला

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


बेलायत । गत बर्ष कोरोना संक्रमणका कारण रोकिएको नेपाली मेला आज आइतबार हुदैछ । गुरुङहरुको संस्था तमुधिं यूकेको आयोजनामा आइतबार १२ औं नेपाली मेला हुन लागेको हो ।
केम्पटन पार्क रेसकोर्समा विहान १० बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने मेलामा कोभिड संक्रमण सर्ने सक्ने भएकाले अनिवार्य मास्कको नियम लगाइएको आयोजकले बताएको छ । बेलायत सरकारले कोभिड सम्बन्धी नियमहरु हटाए पनि भिडभाडमा मास्क अनिवार्य गर्ने सक्ने अधिकार सम्बन्धित पक्षलाई दिएको छ ।
मेलामा यहाँका १९ संघसंस्थाले नेपाली कला संस्कृति, परम्परा, रहनसहन, भेषभूषा झल्कने विभिन्न झांकी र नृत्य प्रस्तुत गर्नेछन् । त्यस्तै, मेलामा नेपाली मौलिक भेषभूषादेखि ग्रामीण परिवेशमा प्रयोग गरिने हलो, जुवा, ढिकी, जांतो लगायतका सामग्री पनि प्रदर्शन गरिने छन् ।

संयुक्त अधिराज्य बेलायतस्थित नेपाली दूतावासको प्रायोजनमा आयोजना हुने एम्बेसडर कपसहित प्रथम पुरस्कार एक हजार १ सय, द्धितिय पुरस्कार ७ सय, तथा तृतिय पुरस्कार ५ सय पाउण्ड पाउने छन् । झाँकी तर्फ प्रथम पुरस्कार ५ सय पाउण्ड, दोस्रो पुरस्कार ३ सय तथा नृत्यतर्फ प्रथम हुनेलाई ५ सय, द्धितिय हुनेलाई ३ सय पाउण्ड प्रदान गरिने छ । राजदूत लोकदर्शन रेग्मीले उद्घाटन गर्ने उक्त मेलामा २७ ब्यापारी स्टल रहनेछन ।

तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङले मेलामा नेपालका प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, पर्यटकीय स्थल लगायतको प्रदर्शनी हुने जानारी दिए । उनले सबै बेलायतबासी नेपालीहरुलाई कार्यक्रममा सहभागि हुन् अपिल गरेका छन्।

© 2022 All Right Reserved DiasporaNepal