बेलायतबाट एक लाख तीस हजार खोप नेपाल पठाइयो

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । संयुक्त अधिराज्य बेलायत सरकारले कोरोना नियन्त्रणका लागिअष्ट्राजेनेका खोप उपलव्ध गराएको छ । नेपाल सरकार र बेलायतस्थित नेपाली राजदुत लोक दर्शन रेग्मीको कुटनीतिक पहलमा एक लाख ३० हजार मात्र अष्ट्राजेनेका खोप आज बिहीबार नेपाल प्ुगेका हो ।


राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारलाई निशुल्क खोप उपलव्ध गराउन बेलायत सरकारलाई कुटनीतिक अनुरोध गरेकी थिइन ।राष्ट्रपति भण्डारीको उक्त कुटनीतिक प्रयासलाई दुतावासले मुर्त रुपमा दिएको छ । बिहीबार दुतावासले सामाजिक संजाल मार्फत नेपाल सरकारलाई खोप उपलव्ध गराइएको जानकारी दिएको छ ।

काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राजदूत निकोला पोलिटले स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहलाई खोप हस्तान्तरण गरेकी छन् ।  

हेर्नुहोस दुतावासको सुचना

संयुक्त अधिराज्य सरकारले द्विपक्षीय सहायताअन्तर्गत नेपाल सरकारलाई उपलब्ध गराएको १,३०,००० मात्रा आस्ट्राजेनेका खोप आज काठमाण्डौ पुगेको छ।
यस सहयोगको लागि यस राजदूतावास संयुक्त अधिराज्य सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ।
नेपाली राजदूतावास
लण्डन
२६ अगष्ट २०२१

© 2022 All Right Reserved DiasporaNepal