ए स्टार फाइनान्सियलका प्रबन्ध निर्देशक दर्लामीलाई सफलता

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । ए स्टार फाइनान्सियल सोलुसन्स सर्भिसेजका प्रबन्ध निर्देशक मिन दर्लामीले महत्वुर्ण सफलता हासिल गरेका छन । नेपाली फाइनान्सिलय एडभाइजरका रहेका दर्लामी चार्टर्ड फाइनान्सियल एडभाइजर बनेका हुन् । उनी लण्डनमा रहेको ए स्टार फाइनान्सियल सोलुसन्स सर्भिसेजका प्रबन्ध निर्देशकका रुपमा कार्यरत छन्।

लण्डन इन्स्टिच्यूट अफ फाइनान्स एण्ड बैँकिङबाट परीक्षा उत्तीर्ण गरी चार्टर्ड फाइनान्सियल एडभाइजर बनेका छन । नेपाली चार्टर्ड फाइनान्सियल एडभाइजरमा समुदायमा उनी आएका छन् । दर्लामीले पेन्सन ट्रान्सफर, ट्याक्स इफिसियन्ट इन्भेष्टमेन्ट एण्ड स्टेट प्लानिङ, इन्भेष्टमेण्टमा विशेष दक्षता हासिल गरे।

फाइनान्सियल प्लानिङमा एडभान्स्ड डिप्लोमा गरी सम्बन्धित प्रोफेसनल्स निकायको सदस्य भएको र कम्तीमा पाँच वर्षको पेशागत अनुभव भएको व्यक्तिले चार्टर्ड फाइनान्सियल एडभाइजरको अध्ययन गर्न पाउँछन् ।

चार्टर्ड फाइनान्सियल एडभाइजर बनेपछि सेवाग्राहीप्रति थप सुविधा पाउने अपेक्षा गरिएको छ । दर्लामी सन् २०१५ मा नै फाइनान्सियल एडभाइजर बनेका थिए ।

ए स्टारले इन्स्योरेन्स, पेन्सन, मोर्गेज (रेसिडेन्सियल र कमर्सियल दुवै) तथा विल, बिज्नेस प्रोटेक्सन, इन्कम प्रोटेक्सन एण्ड फ्यामिली इन्कम विनिफिट्स र इन्भेष्टमेण्ट लगायतका विषयमा परामर्श दिँदै आएको छ।

टप टेन एडभाइजरमा सम्मानित

यसैबीच, दर्लामी लगातार तेस्रो वर्ष टप टेन एड्भाइजर अवार्डबाट सम्मानित भए ।
बेलायतको फाइनान्सियल नेटवर्क क्षेत्रमा प्रतिष्ठित संस्था न्यू लिफ डिस्ट्रिव्यूसन लिमिटेडबाट उनी यसै साता अवार्डले सम्मानित भए। न्यू लिफको मातहतमा बेलायतमा करिब दुई सयभन्दा बढी वित्तीय, मोर्गेज एण्ड प्रोटेक्सन सल्लाहकारहरुमा उनी कार्यरत छन् ।

दर्लामीले सन् २०१९, २०२० र २०२१ मा लगातार सो अवार्ड पाएका थिए ।
नेपालबाट साइप्रस हुदै सन् २००१ मा एमबीए उत्तीर्ण गरेपछि दर्लामी नेपालको पर्यटन बजार सम्बन्धमा विद्यावारिधि (पिएचडी) गर्न युके आएका थिए । उनले युकेमा प्रोफेशनल प्रोजेक्ट एण्ड प्रोग्राम म्यानेजमेन्ट कोर्स गरेका छन् ।
दर्लामीले सन् २०१२ मा बेलायतमा शुरु गरेको ए स्टार फाइनान्सियल सोलुसन्स युके (शुरुवातको एक्सेस फाइनान्सियल सर्भिसेस) ले एक दशकको यात्रा पूरा गरिसकेको छ । ए स्टारले आसफोर्ड, फार्नबोरो, रेडिङमा शाखा खोली सकेको छ भने अन्य क्षेत्रमा पनि शाखा खोली सेवा दिने योजना बनाएको छ ।

© 2022 All Right Reserved DiasporaNepal