एमाले प्रवास कमिटी : पार्टी सरकारमा रहंदा चुपचाप, प्रतिपक्ष पक्षमा पुगेपछि मताधिकारको माग

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । प्रवासस्थित नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाल मंच अन्तरराष्ट्रिय कमिटिले नेपाल बाहिर रहेका नेपालीहरुलाई मताधिकारको अधिकार दिन माग गरेको छ । आगामी जनवरी २४ सोमबार बेलायतस्थित लण्डन दुताबास मार्फत सरकार समक्ष मताधिकारको अधिकार माग गरि ज्ञापन पत्र बुझाउन लागेको कमिटि अध्यक्ष भक्त गुरुङले बताएका हुन् । गुरुङले मतदान गरेका तस्बिरहरु समेत सामाजिक संजालमा सार्वजनिक गरेका छन ।
प्रधानमन्त्री शेरहाुदर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई सम्बोधन गरि बुझाउन लागिएको ज्ञापन पत्रमामा आसन्न प्रतिनिधि सभा, प्रदेश सभा र नगरपालिका तथा गाउँपालिका निर्वाचनमा गत निर्वाचनमा खसेको करीव ३० प्रतिशत मतदाता रहेको प्रवासबाट मताधिकारको प्रयोग गर्ने व्यवस्था गर्न माग गरिएको छ । ३ बुँदे मागमा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, गाउँ तथा नगरपालीका सभा सदस्य र जनमतसंग्रहका निर्वाचनहरुमा प्रत्यक्ष रुपमा सहभागी गराई उनिहरुको अभिमत प्रकट हुने व्यवस्था मिलाई दिनुहुन जोडदार माग गरिएको छ ।
मागहरु
१. मतदाता नामावली दर्ता सम्बन्धमा – नेपाली पासपोर्ट, नागरिकता वा परिचयपत्रको आधारमा प्रवासबाटै कुटनीतिक नियोग मार्फत वा ईन्टरनेटको विद्युतीय माध्यमबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने र अद्यावधिक गर्न पाउने व्यवस्था गरियोस् ।

२. मतदानको व्यवस्था सम्बन्धमा – प्रमाणित मतदाता नामावलीको आधारमा जुन देशमा बसोबास गरेको हो सोही देशको नेपाली कुटनीतिक नियोगमा विद्युतीय–मतदान–यन्त्रको माध्यमबाट प्रत्यक्ष रुपमा मतदान गर्ने र अशक्तहरुको हकमा हुलाकद्वारा मतदान गर्न पाउने गरी व्यवस्था गरियोस् ।

३. प्रोक्सी मतदानको सम्बन्धमा – प्रमाणीत मतदाता सुचीमा रहेका मतदाताहरुलाई प्रवासबाटै मतदानको व्यवस्था नहुँदासम्म, र विदेशमा कार्यरत नेपाली सेना, प्रहरी, नियोगका कर्मचारी, अन्य कर्मचारी, विद्यार्थी वा अन्य गैरसरकारी सेवाहरुमा कार्यरत कर्मचारीहरु र अन्य अशक्त मतदाताहरुलाई नेपालमा न्यूनतम दुईजना आफ्ना नजिकका व्यक्तिहरु, जस्तैः श्रीमती÷श्रीमान् वा आमा÷बुबालाई प्रोक्सी मत हाल्ने अधिकार दिने गरी व्यवस्था गरियोस् ।


एमाले अध्यक्ष ओली प्रधानमन्त्री रहदा गरुङले यस्ता माग राखेको भए पुरा हुन संभव थियो । तर, अहिले ओली विरोधी गठबन्धनले यस्ता मागको सुनवाई गर्ने संभावना न्युन छ । बर्षौअघि सर्वोच्च अदालतले प्रवासमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न दिएको निर्देशन एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री ओलीले समेत कार्यान्वयन गरेनन् ।

निर्वाचन आयोगको तथ्यांकअनुसार कुल १,६२,४३,११० मतदाता छन् । प्रतिनिधिसभाको निर्वाचन–२०१७ मा करिब ७० प्रतिसत अर्थात १,०५,८७,५२१ मतदाताले मतदान गरेका थिए ।
डायस्पोरामा रहेका नेपालीहरु मध्ये कतार, साउदी अरेबिया, संयुक्त अरब ईमिरेट्स, कुवेत, ओमन, ईजरायल जस्ता मध्यपुर्वका मुलुकहरुमा करिब २५ लाख रहेको अनुमाग गरिएको छ । पुर्वी एशिया–प्यासिफिकका अष्ट्रेलिया, न्यूजिल्याण्ड, मलेशिया, हङकङ, मकाउ, जापान, दक्षिण–कोरिया, चीन, ताईवान, सिंगापूर, ब्रुनाई, थाईलैण्ड, म्यानमार जस्ता मुलुकहरुमा करिब १५ लाख र युरोप, अमेरिका, अफ्रिका तथा अन्य मुलुकहरुमा करिब १० लाख गरि करीव ५० लाख नेपाली रहेको अनुमान छ । यो संख्या भारतबाहेकको हो ।
विदेशस्थित नेपालीहरुले पठाएको विप्रेषण (रिमेटेन्स) बाट नेपालको कुल ३३ प्रतिसत अर्थतन्त्र धानिएको छ ।

© 2022 All Right Reserved DiasporaNepal