पीएसजीमा च्याम्पियन्स लिग जित्ने मेस्सीको सपना

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्विर–पीएसजी

बार्सिलोनाबाट पेरिस सर्नुभएका अर्जेन्टाइन फुटबलर लियोनल मेस्सीले आफू पीएसजीमा आबद्ध भएपछि एक पटक फेरी च्याम्पियन्स लिग जित्ने सपना बुनेको बताउनुभएको छ । उहाँले च्याम्पियन्स लिग जित्न पीएसजी सक्षम भएको बताउनुभयो ।
बार्सिलोनामा रहँदा ३४ वर्षीय मेस्सीले चार पटक च्याम्पियन्स लिगको उपाधि दिलाउनुभएको छ । अन्तिम पटक बार्सिलोनाले सन् २०१५ मा च्याम्पियन्स लिगको उपाधि उचालेको थियो । पीएसजी भने अझै पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने खोजीमा रहेको छ । सन् २०२० मा पीएसजीले वेर्यन म्युनिकसँग हार बेहोर्दै उपाधि जित्न चुक्यो ।
“मेरो लक्ष्य र मेरो सपना एकपटक अझै च्याम्पियन्स गिल जित्नु रहेको छ ।”–पीएसजीले राखेको अनावरण कार्यक्रममा मेस्सीले बताउनुभयो । १३ वर्षीय उमेरमा आबद्ध हुनुभएका मेस्सीले करिब २१ वर्षे बार्सिलोना बसाइको क्रममा ७७८ खेलमा ६७२ गोल गर्नुभयो । उहाँले छ पटक बलून डे ओरको उपाधि जित्नुभएको छ । नौ कैम्पमा रहँदा उहाँले ३५ वटा पुरस्कारको ट्रफी उचाल्नुभएको छ ।
पीएसजीका लागि पहिलो खेल कहिले खेल्ने सम्बन्धमा राखिएको जिज्ञासामा मेस्सीले आफू बिदा मनाएर फर्केकोले सबैभन्दा पहिला अभ्यासमा जाने र प्राबिधिक कर्मचारीले मैदान प्रबेश गर्न हुने बताए लगत्तै मैदानमा उत्रिने उहाँले बताउनुभयो ।

© 2022 All Right Reserved DiasporaNepal