कोभिडको संन्त्रास : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको स्वागत र बिदाईमा एयरपोर्ट नआउनु

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ । कोरोना संक्रमण तीब्र रुपमा फैलिन थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सर्वसाधारणलाई विमानस्थलमा आफन्तको स्वागत र बिदाइमा नआउन अनुरोध गरेको छ ।
कोभिड १९ को जोखिम न्यूनीकरणका लागि विमानस्थलमा अनावश्यक भीडभाड नगर्न र स्वास्थ्य सतर्कता अपनाउन भन्दै सर्वसाधारणलाई कार्यालयले स्वागत र बिदाईमा नआउन अनुरोध गरेको हो ।
हवाई यात्रु आवागमनको चाप र विमानस्थलमा स्थान सीमितताको कारण अति जरुरी बाहेक स्वागत तथा बिदाइ गर्नका लागि मात्र विमानस्थल नआउन कार्यालयले सूचना जारी गरेको छ ।
अनुरोध

© 2022 All Right Reserved DiasporaNepal